काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आन्दोलनरत शिक्षकहरूको मागहरू सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।
आन्दोलनरत शिक्षकहरूसँग सरकारले तत्काल वार्ता गरी शिक्षकहरूका न्यायोचित माग यथाशीघ्र सम्बोधन गर्नुपर्ने पार्टीको माग रहेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।
उनले भने, ‘सरकारले शिक्षा सम्बन्धी नीति, योजना, ऐन कानून र कार्यक्रमहरूको समीक्षा गरी यसमा व्यापक परिवर्तन गर्दै शिक्षा क्षेत्रमा देखा परेका विकृति, विसङ्गति, अराजकता र अन्योलताको स्थितिलाई अन्त्य गरी समान गुणस्तरीय शिक्षा सबैलाई प्रत्याभूत गराउने व्यवस्था गर्नुपर्ने जसपा नेपालको माग छ।’
सरकारको अदूरदर्शी, त्रुटिपूर्ण शिक्षा नीति, ऐन, कानून र व्यवस्थापन सम्बन्धी कार्यले गर्दा शिक्षा क्षेत्र अत्यन्तै अन्योल, दिशाहीन र गुणस्तरहीन तर्फ उन्मुख रहेको जसपा नेपालको ठहर छ।
मुलुकको विकास, परिवर्तन र भविष्यको मूल आधार नै शिक्षा भएकोले शिक्षा क्षेत्रमा देखिएका अस्तव्यस्तता र अन्योलताको अवस्था अन्त्य गरिनुपर्नेमा पार्टीको जोड दिए।

Leave a Reply