अगुवा कृषक बोकेको बस दुर्घटना, २९ घाइते

हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकामा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।

मकवानपुरको भीमफेदी गाउँपालिकाबाट कृषि भ्रमण सकेर सिन्धुलीबाट हेटौँडा फर्कने क्रममा बा.प्र ०६-००१ ख ०२७० नम्बरको बस मदन भण्डारी राजमार्ग अन्तरगत बकैया-३ चिसापानी बजार क्षेत्रमा अनियन्त्रित भएर पल्टँदा २९ जना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा तीन जना गम्भीर घाइते भएको प्रहरीको भनाई छ । घाइतेहरूको मकवानपुर स्थित हेटौँडा अस्पताल, सहकारी अस्पताल तथा चितवनमा उपचार भइरहेको प्रहरीको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *