काठमाडौं । अमेरिकाले इजरायल जस्तो मित्र देशदेखि चीन जस्तो ‘शत्रुवत्’ देशहरूमा भन्सार कर लगाएको छ । यसरी भन्सार कर लाइएका देशको सूचीमा अटाएको नेपालको लागि १० प्रतिशत कर लाइएको छ ।
अमेरिकाले चीनलाई १२५ प्रतिशत कर लाउने राष्ट्रपति डोनाल्ड ट्रम्पले उद्घोष गरिसकेका छन् भने चीनले पनि ८४ प्रतिशत लाउने बताइसकेको छ ।
चीन बाहेकका अरू देशले भने अमेरिकालाई प्रतिकार गरेर भन्सार कर लादेका छैनन् । अहिले चीनले भने आफूले कर नलाएका देशहरूको सूची सार्वजनिक गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयकी एक प्रवक्ता माओ निङले चीनले भन्सार कर नलाएका ४२ देशहरू र अमेरिकाले भन्सार कर लाएका विभिन्न देशहरूको सूची सार्वजनिक गरेको ट्विट रिपोस्ट गरेकी छिन् ।
चीनले भन्सार कर नलाएका देशहरूमा दक्षिण एसियाबाट नेपाल, अफगानिस्तान र बंगलादेश छन् भने आसियान देशहरूमा म्यानमार, लाओस र कम्बोडिया छन् ।
अरू देशहरू अफ्रिकाबाट छन् । प्रवक्ता माओ निङले अति कम विकसित देशहरूलाई चीनले शून्य भन्सार लाएको तर अमेरिकाले ती देशहरूलाई पनि लाएको उदाहरण दिएका पोस्ट एक्समा साझा गरेकी छिन् ।


Leave a Reply