ज्ञानेन्द्रलाई जति सफा गरेर धोएपनि संवैधानिक राजा बनाउन सकिँदैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजावादीहरूलाई अब संवैधानिक राजाको एजेण्डा लिएर देशको समय खेर नफाल्न आग्रह गरेका छन् ।

कांग्रेसको दोस्रो प्रदेश सम्मेलनलाई सम्बाधेन गर्दै नेपालको राजा कसैले जति सफा गरेर धोयो भनेपनि संवैधानिक बनाउन नसक्ने बताए । पूर्वराजा ज्ञानेन्द्र शाह निर्मल निवासमा हुँदा त देशमा उत्पात मच्याएको भन्दै यस्तो व्यक्तिलाई संवैधानिक राजा बनाउन नसकिने उनले बताए ।

उनले भने, ‘कांग्रेसले लामो अनुभवपछि यो निष्कर्षमा पुगेको हो । निर्मल निवासमा हुँदा त यस्तो उत्पात मच्यायो, कहाँ भएको दुर्गा प्रसाईंलाई खोजेर ल्याएर, हाम्रो क्षेत्रमा बस्नुहुन्छ नवराज सुवेदी उहाँले त मलाई पनि भोट हाल्नुभयो होला जस्तो लाग्छ । सुतेर बसेको उहाँलाई, अस्तिसम्म राजालाई गाली गरेर, किताब लेख्दैथे अस्तिसम्म खोजेर ल्याएर, निर्मल निवासमा बस्दा त यस्तो छ अहिले नारायणहिटीमा भए के गर्थे होलान् ।’

उनले यो देश नेपाली जनताले छानेका प्रतिनिधिहरू चलाउन सक्षम रहेको बताए ।

Comments

4 responses to “ज्ञानेन्द्रलाई जति सफा गरेर धोएपनि संवैधानिक राजा बनाउन सकिँदैन : गगन थापा”

  1. Ra Avatar
    Ra

    Pakha

    Chor

  2. bipin Avatar
    bipin

    afnai theekan Chaina…raja ta parako kura….last time regret to vote NC on this fellow …

  3. manaia thompson Avatar
    manaia thompson

    ta chor tyo pani bakhra ajhai bolchhas randi ko bahan.

  4. manaia thompson Avatar
    manaia thompson

    ta chor tyo pani bakhra ajhai bolchhas randi ko bahan.

Leave a Reply

Your email address will not be published. Required fields are marked *