शिक्षकको माग सम्बोधन गर्नेबारे शिक्षक संघका प्रदेश अध्यक्षहरूसँग देउवाले गरे छलफल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षक आन्दोलनबारे शिक्षक संघका प्रदेश अध्यक्षहरूसँग छलफल गरेका छन्। शिक्षकहरूको माग सम्बोधन गर्नेबारे देउवाले शिक्षक प्रतिनिधिहरुसँग छलफल गरेका हुन्।

सभापति देउवाको शिक्षकहरूसँग छलफल निकासका लागि उत्साह जनक भएको कांग्रेसका शिक्षा विभाग प्रमुख नैनसिंह महरले बताए।

यसअघि नै महरले विज्ञप्ति जारी गर्दै सरकारसँग आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न माग गरेका थिए।

विज्ञप्तिमा भनिएको थियो, ‘उत्पन्न परिस्थितिको दीर्घकालीन निकासका लागि शिक्षक महासंघसँग यसअघि भएको सहमति र सम्झौतालाई आधार मानी आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्न सरकार प्रमुखकै तहबाट शीर्ष वार्ता संवादको पहल थाल्न माग गर्छु।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *