डोटी । डोटीको जोरायलस्थित घण्टेश्वर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्वबियु) निर्वाचनमा नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।
बुधवार सम्पन्न निर्वाचनबाट अनेरास्ववियुका उम्मेदवार सुरत बोहरा ६९ मत प्राप्त गरी सभापतिमा विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेबिसंघ) का उम्मेदवार मोहनसिंह पालीले ३४ प्राप्त गरेका थिए । सचिवमा अनेरास्ववियुकै दीपक साउदले ६५ मत पाई बाजी मारे । उनका प्रतिस्पर्धी नेबिसंघका कर्णदेव बोहराले ३८ मतमै चित्त बुझाउनु प¥यो । यस्तै, कोषाध्यक्षमा पनि अनेरास्ववियुकै कलावती बोहराले ६६ मत प्राप्त गरी विजयी भइन् । उनका प्रतिस्पर्धी नेबिसंघका लक्ष्मी मडैले ३३ मत मात्रै प्राप्त गरिन् ।
सदस्यहरू शर्मिला बिक ६६, रेखा साहु ६५, धना कुमारी कामी ६४ र कविता मगर ६२ मत प्राप्त गरी विजयी भएका छन् ।
क्याम्पसमा कुल ११४ मतदाता विद्यार्थी रहेकामा १०३ जनाले मतदान गरेका थिए । समानुपातिकतर्फ अनेरास्ववियुले ६७ मत प्राप्त गरेको छ भने नेबिसंघले ३६ मत प्राप्त गरेको निर्वाचन समिति संयोजक वासुदेव जोशीले जानकारी दिए ।

Leave a Reply