बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने व्यवस्था संशोधन

काठमाडौं । बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको व्यवस्थामा संशोधन गरिएको छ । नेपाल राष्ट्र बैंकले गएको माघ १ गतेदेखि लागू गरेको यस्तो व्यवस्था तीन महिना नपुग्दै संशोधन गरेको हो ।

बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकिन गरी अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउनुपर्ने व्यवस्था गरिएको थियो ।

उक्त व्यवस्था बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ मा संशोधन/परिमार्जन/थप गरिएको छ । नयाँ व्यवस्थाअनुसार विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै बसी अनलाइनमार्फत इजाजतपत्र प्राप्त संस्थामा खाता खोल्नुपर्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरबाहेकका अन्य आवश्यक कागजात लिएरसमेत खाता खोल्न सक्ने भएका छन् ।

यसरी खोलिने खातावाला नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित इजाजतपत्र प्राप्त संस्थाले राष्ट्रिय परिचयपत्रको विवरण लिई अद्यावधिक गर्नुपर्नेछ ।

त्यस्तै अब आफ्नो हेरचाह आफैं गर्न नसक्ने, अशक्त, असहाय नागरिकले राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरबाहेकका अन्य आवश्यक कागजात संलग्न गरेरसमेत बैंक खाता खोल्न र कारोबार गर्न सक्ने भएका छन् ।

Comments

One response to “बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने व्यवस्था संशोधन”

  1. indra mani sunuwar Avatar
    indra mani sunuwar

    यो कार्य कसरी सम्भब छ?मेरो राष्ट्रिय परिचयपत्र को लागि फाराम भरेको ३ बर्ष भैसक्यो,अहिले सम्म आएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *