नेपाल बार चुनाव- विजय मिश्रको प्यानलकै जित सुनिश्चित, ५ सय मत गन्न बाँकी छँदा यस्तो छ मतान्तर

काठमाडौं । नेपाल बार एशोसियनको मतगणना अन्तिमतिर पुगेको छ । नयाँ नेतृत्व चयनका लागि शनिबार भएको मतदानको गणनाको अपडेटअनुसार कांग्रेस-एमाले प्यानलको फराकिलो मतान्तर कायमै छ ।

सत्ताधारी गठबन्धन एमाले निकटको पीपीएलए र कांग्रेसनिकटको डीएलएका साझा उम्मेदवार विजयप्रसाद मिश्र ४२७२ भोट ल्याएर अगाडि छन् । माओवादी, रास्वपानिकटका कानून व्यवसायीको प्यानलबाट लडेका रमनकुमार श्रेष्ठको १८४३ मत छ ।

महासचिवमा पनि सत्ता गठबन्धनका केदार कोइरालाको ४०६० मत हुँदा यज्ञमणि न्यौपाने १७०५ भोट रहेको छ ।

शनिबार भएको बारको चुनावमा ९९५७ मतदातामध्ये करिब ८० प्रतिशत मतदान भएको थियो । मतदानका लागि काठमाडौं र बाहिर गरी ३६ केन्द्र तोकिएको थियो ।

अध्यक्षदेखि सदस्यसम्म कसले कति मत पाए हेर्नुस् अपडेट-

Comments

3 responses to “नेपाल बार चुनाव- विजय मिश्रको प्यानलकै जित सुनिश्चित, ५ सय मत गन्न बाँकी छँदा यस्तो छ मतान्तर”

  1. ksp pyl Avatar
    ksp pyl

    माओवादीलाई यसरी नै सखाप पार्नुपर्छ । अनिमात्र देशले सुख पाउँछ ।

    1. samir Avatar
      samir

      माओवादी सङ्गै काङ्ग्रेस र एमाले पनि सक्किनुपर्छ! अनिमात्र देशले सुख पाउछ!

      1. ksp pyl Avatar
        ksp pyl

        एमाले र विशेषतः ओलि सकिनुपर्छ भन्ने त दिल्लीका भाडाका टट्टु हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *