रेमिट्यान्स आप्रवाह ९.४ प्रतिशतले बढ्यो, आठ महिनामा कति भित्रियो ? 

काठमाडौं । विप्रेषण (रेमिट्यान्स) आप्रवाह ९.४ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को आठ महिनाको तथ्याङ्कमा आधारित आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकमा यस्तो उल्लेख छ ।

चालू आर्थिक वर्षको आठ महिनामा रेमिट्यान्स आप्रवाह ९.४ प्रतिशतले वृद्धि भई १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.३ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.९ प्रतिशतले वृद्धि भई ७ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको थियो ।

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ३ लाख १७ हजार ६८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख १७ हजार ४०३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः २ लाख ८५ हजार ३५२ र १ लाख ८२ हजार ७८३ रहेको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *