झापा गाउँपालिकाका सबै किसान व्यावसायिक मकैखेतीमा

झापा । खेतबारीमा हुर्किएका पाँच फिट अग्ला मकैका बोटमा सुत्ला च्यापेका भरिला तीन वटासम्म घोगा फलेको देखेर झापा गाउँपालिका वडा नं। २ का नरेन्द्रकुमार आङ्देम्बेको खुसीको सीमा छैन।

‘आँख्लैपिच्छे सुत्ला च्यापेको छ,’ बारीमा मकैखेती फस्टाएपछि दंग पर्दै आङ्देम्बे भन्छन्, ‘पोहोरभन्दा यसपालि उत्पादन निकै बढ्ला जस्तो छ।’ उनले यसपालि डेढ बिगाहामा मकै खेती गरेका छन्।

झापा जिल्लाको १५ पालिकामध्ये मकै खेतीका लागि प्रख्यात छ झापा गाउँपालिका। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना झापाका प्रमुख रविन्द्र सुवेदीले यो पालिका नेपालमै सबैभन्दा राम्रो मकै उत्पादन हुने क्षेत्र मानिएको बताए।

परियोजनाले झापा गाउँपालिकाको सबै सातवटा वडा र छिमेकी कनकाई नगरपालिकाको वडा नं। ५ र ६ मा मकै जोन कार्यक्रम लागु गरेको छ। जसका कारण यहाँका ९० प्रतिशतभन्दा बढी किसान व्यावसायिक मकै खेतीतर्फ आकर्षित भएका छन्।

झापा गाउँपालिका वडा नं। ७ का मिर्जा सोरेन सार्जम बाहा कृषि सहकारी संस्थामा आबद्ध छन्। उनीजस्तै सहकारीमा आबद्ध एकसय ९५ जना कृषक व्यावसायिक रुपमै मकै खेतीमा लागेका छन्।

परियोजना प्रमुख सुवेदीले झापा र कनकाई नगरपालिकाको माटो मकै खेतीका लागि उर्बर रहेको हुँदा सरकारले २०७६ सालदेखि मकै जोन कार्यक्रम लागु गरेको बताए। सुरुमा झापा गाउँपालिकाको वडा नं। ६ र कनकाई नगरपालिकाको वडा नं। ९ मा परीक्षणको रुपमा मकै जोन कार्यक्रम लागु भएको थियो।

जोन कार्यक्रम लागु हुन पाँचसय बिगाहाभन्दा बढी जग्गामा मकै खेती हुनुपर्दछ। हाल झापाका सबै वडा र कनकाईको वडा नं। ५ र ६ मा यो कार्यक्रम सञ्चालन भइरहेको छ।

यहाँको मकै खेती अरु जिल्लाका लागि नमुना बन्न थालेको छ। नेकपा माओवादीका नेता एवम् पूर्वमन्त्री जनार्दन शर्मा पार्टीले झापाको भद्रपुरबाट सुरु गरेको ‘जनतासँग माओवादी जागरण अभियान’को क्रममा फागुन १३ गते झापा गाउँपालिका पुगेका थिए।

हुलाकी मार्ग हुँदै मोरङ जिल्लातर्फ दलबलसहित अघि बढेका नेता शर्माको ध्यान झापा गाउँपालिकाको लहलह मकै खेतीले नतान्ने कुरै भएन। उनले स्थानीय किसानसँग मकै खेतीका बारेमा सोधीखोजी गरे। अनि उनले आँखाले भ्याएसम्म हरियाम्ये देखिने मकैबारीको तस्वीर फेसबुकमा पोस्ट गर्दै लेखे, ‘मकै उत्पादनको केन्द्र झापा गाउँपालिकाबाट शुभ बिहानी।’

मकैखेतीका बारेमा उनले पोस्ट गरेको तस्बिरमा नौ हजारले मन पराएको संकेत ९लाइक० गरेका छन् भने ६ सय फेसबुक प्रयोगकर्ताले टिप्पणी लेखेका छन्।

धानभन्दा दोबर उत्पादन

धानभन्दा मकै दोबर फल्ने यहाँका किसानहरु बताउँछन्। कसैकसैले एक कठ्ठा बारीमा १५ मन ९१५०० केजी० सम्म मकै फलाएको बताएका छन् भने प्रतिबिगाहा डेढसय मन मकै त औसतमै फल्ने गरेको झापा गाउँपालिका वडा नं। ४ का मुस्लिम कृषक समूहका कलाम शेख बताउँछन्।

‘धानभन्दा दोबर फल्छ मकै,’शेख भन्छन्,’मकैमा खर्च पनि धान खेतीको हिसाबमा थोरै हुन्छ। त्यही भएर गाउँका सबै किसान मकै खेती लगाउन थाल्नु भएको छ।’ पछिल्लो समय शून्य खनजोतमै मकै खेती हुन थालिसकेको छ। जसका कारण किसानको लागत ह्वात्तै घटेको छ।

कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतनाथ भण्डारी झापा गाउँपालिका र कनकाई नगरपालिकामा मकै जोन लागु भए तापनि अरु क्षेत्रमा उत्तिकै मकैखेती फस्टाएको बताउँछन्। पूर्वपश्चिम राजमार्गको उत्तरी क्षेत्रको तुलनामा दक्षिणतिर धेरै मकैखेती हुने गरेको छ।

झापा जिल्लामा ४४ हजार ३५० हेक्टर र नेपालभर लगभग १० लाख हेक्टर जग्गामा मकैखेती हुने गरेको भण्डारीले बताए। हाइब्रिड (वर्णशंकर) जातको मकैको प्रतिहेक्टर उत्पादकत्व ७ दशमलव १७ मेट्रिकटन रहेको छ।

सिङ्गै पालिका मकै खेतीमा

झापा गाउँपालिका सिङ्गै मकै खेतीमा लागेको पाइएको छ। मकै जोन लागु भएकाले सरकारले किसानलाई खेतीका लागि बीऊ, मल, उपकरण, सिचाईँ र भण्डारणका लागि सहयोग पुर्‍याउने गरेको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई झापाका प्रमुख रवीन्द्र सुवेदीका अनुसारझापा गाउँपालिकाको सात वटा र कनकाई नगरपालिकाको दुई वटा वडामा लागु भएको मकै जोन कार्यक्रममा तीन हजार ७३२ महिलासहित छ हजार ४७१ जना कृषक सूचीकृत भएका छन्।

आदिवासी, जनजाति र मुस्लिम समुदायको बाहुल्य रहेको यस क्षेत्रमा परियोजनाले चक्लाबन्दीमा ठूलो क्षेत्रफलमा मकै खेती गर्ने व्यावसायिक किसानलाई खेतीको क्षेत्रफलका आधारमा सोझै अनुदान दिँदै आएको सुवेदीले बताए। उनले गत वर्ष चक्लाबन्दी खेतीका लागि दुईवटा समूहलाई १० लाख रूपैयाँका दरले अनुदान प्रदान गरेको बताए। सो समूहलाई नै यस वर्ष पनि रु दुई लाखका दरले अनुदान परियोजनाले थप गरिदिएको बताए।

उनले चालु आर्थिक वर्षमा मकै जोनका लागि विनियोजन गरेको रु ३९ लाख ९२ हजार बजेटबाट नै किसानलाई मल, बीऊ, तालिम, कृषि औजारमा अनुदान प्रदान गरेको बताए। उनले किसानले उत्पादन गरेको मकै बजारीकरणमा भने समस्या रहेको बताए। ुस्थानीय दाना उद्योगसँग जोन क्षेत्रका किसानलाई जोड्न पहल गरिरहेका छौँु, उनले भने, ुयसो गर्न सके बजारीकरणमा समस्या हुने थिएन।ु

उनले पछिल्लो समय जलवायु परिवर्तनको असर मकैमा पनि देखिएको बताए। सिचाईँको व्यवस्था प्रशस्तै भए तापनि प्राकृतिक वर्षा पर्याप्त नहुँदा यसपालि उत्पादन घट्छ कि भन्ने आशंका व्यक्त गरे।

थोरै उत्पादन हुने भएकाले यहाँका किसानले रैथाने जातको मकै खेती गर्न छाडेर धेरै फल्ने र रोगकीरा कम लाग्ने हाइब्रिड जातका मकै खेती गरिरहेको झापा गाउँपालिका वडा नं। ३ को टाघनडुब्बा सामुदायिक साना किसान सहकारी संस्थाकी सदस्य युद्धमाया खड्काले बताए।

मकै जोन कार्यक्रममा सूचीकृत उक्त सहकारीकाआठसय ५१ जना किसान व्यावसायिक मकैखेतीमा लागेका छन्। उनी भन्छन्, ुयहाँका किसानको आम्दानीको मुख्य स्रोत नै मकै हो।ु

किसानहरुले जोनमार्फत साझेदारी अनुदानमा कृषि उपकरण पाउने गरेका छन्। सिचाईँ सुविधाका लागि सहुलियत पाइरहेका छन्। तर, उनीहरुले चाहिएको बेला सरकारले पर्याप्त रासायनिक मल उपलब्ध गराउन भने नसकेको गुनासो गरेका छन्।

पोषिलो मकैको रोचक इतिहास

नेपालमा मल्लकालीन समयमा भारतबाट दालसँगै मकै भित्रिएको इतिहासकारहरुले बताउने गरे तापनि पहाडी क्षेत्रमा पुस्तौँदेखि मकै नै मुख्य अन्नबाली रहँदै आएको पाइन्छ। पहाडमा अहिले पनि मुख्य उत्पादन बाली मकै नै हो। समग्रमा नेपालमा यसलाई दोस्रो ठूलो उत्पादन बालीको रुपमा चिनिन्छ।

पोषिलो र सस्तो भएकाले पछिल्लो समय धानको साटो मकैको चामल बनाएर खाने प्रचलन बढ्दै गएको छ। मकै कलिलोमा पोलेर र उसिनेर खान सकिन्छ। छिप्पिएको मकै सुकाएर भण्डारण गरी लामो समय राख्न सकिन्छ।

मकैबाट चामल मात्र होइन, चाउचाउ, रोटी, चिउरालगायतका अनेकन परिकार बनाउन सकिन्छ। पछिल्लो समय यसबाट पशु र पक्षीको आहार बनाउन थालिएका कारण मकैको बजार भाउ उच्च हुँदै गएको छ।

खासगरी गाईभैँसी, खसीबाख्रा र कुखुराको आहारा मकैबाट बनाउने गरिन्छ। नेपालमा आहार उत्पादनका लागि उद्योगीहरुले किसानको आँगनमै पुगेर मकै खरिद गर्दै आएका छन्। सरकारले मकैको समर्थन मूल्य भने तोकेको पाइँदैन।

झापा गाउँपालिका वडा नं। ३ को शान्ति कृषक समूहका भरतकुमार राजवंशीले रासायनिक मल अभाव हुने गरेकाले किसानहरु भारतबाट लुकीछिपी ल्याएर प्रयोग गर्न बाध्य रहेको बताए।

खनजोत नगरी खेती

पछिल्लो समय किसानहरु शून्य खनजोत प्रविधिमा आधारित भएर मकै खेतीमा हुने लागत अझै घटाउने अभियानमा लागेका छन्।

कृषि ज्ञान केन्द्र झापाले कृषि अनुसन्धान निर्देशनालय तरहरा सुनसरीको प्राविधिक सहयोगमा बिर्तामोड(९, कचनकवल(१ र बाह्रदशी(६ को कूल डेढ बिगाहा क्षेत्रफलमा शून्य खनजोत प्रविधिबाट मकै खेतीको सफल परीक्षण गरेको छ।

शून्य खनजोत प्रविधिका कारण किसानको उत्पादन लागत घटेको र उत्पादनमा कुनै असर नपरेको किसानहरु बताउँछन्। धान काटिसकेपछि बाँझो खेतमा मेसिनको प्रयोगबाट मकैको बिउर मल छर्नुलाई नै शून्य खनजोत भनिदै आएको छ। रासस

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *