पानी पर्‍यो (तस्बिरहरू)

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा पानी परेको छ । लामो समयपछि परेको वर्षात्‌ले वायु प्रदूषणको मारबाट राहत मिल्ने आशा गरिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकाका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म पानी परेको हो । काठमाडौंमा भोलि पनि पानी पर्ने मौसमविद्को अनुमान छ ।

पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडीबाट भिएको जलवाष्फयुक्त हावाको असरस्वरूप बदली भई पानी परेको मौसमविद् गोविन्द झाले बताए ।

एक्कासि पानी परेपछि बाहिर काममा निस्किएकाहरू छाताको जोहो, ओत खोज्न लागेका थिए । हेरौं काठमाडौंमा पानी परेपछिका केही तस्बिर-

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *