काठमाडौं । गत चैत १५ को प्रदर्शनको क्रममा आगजनी, तोडफोड कार्यमा संलग्न थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भोजपुर अरुण गाउँपालिका-५ का ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-४ का ३० वर्षीय जितबहादुर श्रेष्ठ छन् ।
आन्दोलनका समर्थक र भिडलाई उत्तेजित बनाई निषेधित क्षेत्र तोड्न प्रहरीमाथि ढुंगामुढा गर्ने, निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी गरी लुटपाट तथा अपराधिक उपद्रो गर्नुका साथै संगठितरूपमा आपराधिक गतिविधि गरेको आरोपमा उनीहरूलाई पक्राउ गरी अदालतबाट २० दिनको म्याद थप गरिएको प्रहरीले बताएको छ ।
अपराधिक उपद्रो कसुरमा उनीहरूमाथि अनुसन्धान सुरू गरिएको एसपी अपिलराज बोहराले बताए ।

Leave a Reply