रविमाथि ज्यादती गरेको भन्दै रास्वपाले गुहार्‍यो मानव अधिकार आयोग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरीले ज्यादती गरेको भन्दै मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।

रास्वपाका कार्यवहाक महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा गएको रास्वपाको टोलीले आयोगलाई ज्ञापनपत्र बुझाएको हो । हुलहुज्जत र दलबलसहित गैरकानूनी रूपमा अनावश्यक बल प्रयोग गरी अभद्र व्यवहार र घरपकड गरी प्रचलित कानून र न्यायिक प्रक्रियतासमेत अबलम्बन नगरी गैर कानूनी रुपमा पक्राउ गरेको रास्वपाका नेताहरूले बताए ।

उच्च अदालतको आदेश नआउँदै हातहतियारसहितको प्रहरीले अघोषित रुपमा घर सिल गरिएको बताए । मानव अधिकार उल्लंघनको घटनामा आयोगले छानबिन गरेर आवश्यक कामकारवाही अगाडि बढाउने आयोगका अध्यक्षले प्रतिबद्धता जनाएको बताए ।

Comments

2 responses to “रविमाथि ज्यादती गरेको भन्दै रास्वपाले गुहार्‍यो मानव अधिकार आयोग”

  1. Janak Chaudhari Avatar
    Janak Chaudhari

    अदालतको निर्णय आएपछि ज्यादती देख्ने कतै अदालतले गरेको निर्णय मान्दिन भनेको त होईन?

  2. Mr. Lama Avatar
    Mr. Lama

    त्याे लिएको पैसा चाहिँ चाँडोभन्दा चाँडो फिर्ता गर न लाज पचेका साला रबिका हनुमानहरु । आज यस्ताहरुले गर्दा नै सबै सहकारीमा समस्या आएकाे छ । कुकुरहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *