जयपृथ्वीमा स्ववियु निर्वाचनको मतदान जारी, विरासत जोगाउने र भत्काउने भिडन्त

बझाङ । बझाङको जयपृथ्वी बहुमुखी क्याम्पसमा बिहान आठ बजे देखि सुरु भएको छ।

३ सय ४५ जना मतदाता रहेको जयपृथ्वी क्याम्पसमा साँझको ४ बजे सम्म मतदान गर्न पाइने निर्वाचन अधिकृत इश्वर हमालले बताए ।

स्ववियु सभापतिमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुबाट तिलक चन्द्र बोहरा चुनावी मैदानमा छन् ।

कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघबाट विवेक बोहरा, माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीबाट मानबहादुर धामी र विप्लव निकट विद्यार्थी संगठन अखिल समाजवादी बाट प्रविन महर उम्मेदवार छन् ।

अनेरास्ववियु आफ्नो विरासत जोगाउने कसरतमा छ भने, अन्य संगठन अनेरास्ववियुको विरासत भत्काउने दाउमा रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *