कैलाली । अछाम बान्निगढी जयगढ गाउँपालिकास्थित सुन्दर जयगढ बजारमा आगलागीले ठूलो क्षति पुराएको छ ।
आगलागीमा २७ वटा घर जलेका छन् । ३० घर प्रभावित भएका छ। ११ पसल पूर्णरुपमा क्षति भएको छ। सात करोड भन्दा बढीको धनमाल नष्ट भएको छ ।
मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा फैलिएको आगोले बजार सखाप पारेको हो ।
साँझ ७स्२० बजेदेखि लागेको आगो मध्यरातमा नियन्त्रणमा आएको थियो।

तस्बिर : धनराज साउँद

Leave a Reply