ओलीबारे झलनाथ- कांग्रेसको बुई चढेर म्याउँम्याउँ गर्दैछन्, गर्नसक्ने केही होइन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी ओलीले आफू प्रधानमन्त्री भएपछि कांग्रेसको सहमतिविना केही पनि गर्न नसक्ने टिप्पणी गरेका छन् ।

कोशी प्रदेश कमिटी प्रथम अधिवेशन समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले ओली अहिले कांग्रेसको बुई चढेर म्याउँम्याउँ गरिरहेको बताए ।

उनले भने, ‘अहिले एमालेको नेतृत्वले कांग्रेससँग साँठगाँठ गरिरहेको छ । जसले कांग्रेसको बुईमा चढेर म्याउँम्याउँ गर्छ । कुनै सुधार र प्रगतिशील नीति कार्यक्रम ल्याउन सकेको छैन । कांग्रेसको सहमतिविना केही पनि गर्न सक्दैन । कांग्रेस यथास्थितिवादभन्दा बाहिर जानै सक्दैन । त्यसैले कम्युनिष्ट पार्टीहरूले पनि यथास्थितिवादमा रहेर कतै जान सकिँदैन ।’
उनले हिजो माओवादीले पनि सरकारमा हुँदा केही गर्न नसकेको भन्दै तर्क गरे।

नेता खनालले थपे, ‘हिजो माओवादी पनि कांग्रेसको बुई चढेर सत्तामा बसेको हो, त्यही म्याउँम्याउँबाहेक केही गर्न सकेको होइन । के ल्यायो केही पनि भएन ? अरू त्यहाँबाट ओर्लिएपछि अहिले साथीहरू कराउँदै हिँडिरहेका छन्, त्यो इखले पनि होला । हेरौँ, अब सच्याए राम्रो प्रगति गरे भने राम्रै कुरा पनि हो । खालि नपाएर बदलाको भावनाले कराएको हो भने त्यसको कुनै अर्थ छैन । त्यसरी हामी पनि एक पटक गयौँ नि, तर केही पनि छैन हातमा लाग्यो शून्य ।’

Comments

One response to “ओलीबारे झलनाथ- कांग्रेसको बुई चढेर म्याउँम्याउँ गर्दैछन्, गर्नसक्ने केही होइन”

  1. yuvaraj adhikari Avatar
    yuvaraj adhikari

    कसले कति गर्न सक्छ, दुनियाँलाई था छ त । आफुहरु बुई चढेर चाहिँ के के गरिएकाे थियाे ? ताताे न छाराेकाे कुरा किन गरेकाे ? आफू केही नगर्ने अनि गर्न खाेज्नेकाे खुट्टा तान्ने काम नगरेकाे राम्राे हुन्छ है ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *