काठमाडौ । राप्रपाले आज बल्खुमा गरेको खबरदारी सभामा तीनकुनेको जस्तै घटना हुनसक्ने डरले व्यवसायीहरुले सटरहरु बन्द गराएका छन् ।
व्यापारीहरुले सभा भइरहेको सडक वारीपारीका सटरहरु बन्द गरेका हुन् । उनीहरुले आज बिहानदेखि नै सटर बन्द गरेका हुन् । प्रदर्शनको क्रममा घुसपैठ भएर आफनो पसलमा समेत तोडफोड गर्न सक्ने भन्दै डरले सटर बन्द गरेको व्यापारीहरुले बताएका छन् ।
तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा व्यक्तिको सम्पत्तिमाथि क्षति पुगेको थियो भने केही घरमा आगजनी समेत गरेको थियो । त्यस्तै राप्रपाले घरको छतबाट सभा हेर्न आउने बाहनामा घुसपैठ हुनसक्ने भन्दै घरधनीहरुलाई छिर्न नदिन अपील गरेको छ ।


Leave a Reply