काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की कुन्ती पाेखरेल नेतृले गणतन्त्रवादीहरुलाई देश छोडेर भाग्न वा आत्मसमर्पण गर्न चेतावनी दिएकी छन् । आज आयोजित राप्रपाको आमसभामा बोल्दै पार्टीकी केन्द्रिय सदस्यले सो चेतावनी दिएकी हुन् ।
प्रहरी हिरासतमा रहेका दुई नेताहरुलाई तत्कालै रिहा गर्न पनि उनले माग गरिन् । यदि ७ गतेसम्म आफूहरुको माग पुरा नभएको खण्डमा ७ गतेदेखि सडकमै खाने बस्ने र सुत्ने उनको भनाइ छ ।
पोखरेलको भाषणको सानो अंशः
आज हाम्रो रगत तातेको छ । हाम्रा नेतागणहरुलाई थुनेर राखेका छन् । उहाँहरुलाई तुरुन्तै, आजै रिहा गर भन्न चाहन्छु । यो आज हाम्रो सुरुवात हो । अब ७ गतेदेखि खाना पनि यहीँ पकाएर खान्छौं, यहाँबाट चल्दैनों । राजसंस्था नभएसम्म हामी सडकमै हुन्छौं ।
एउटा कुरा भन्न चाहन्छु । गणतन्त्र भनिने लुटतन्त्रेहरुले के गरे हाम्रो देशमा थाहा छ रु भएका सबै कलकारखाना बन्द गरे । हाम्रा युवाले दुई छाक खाने ठाउँ बन्द गरेर एउटा कारखाना चलाएका छन् । त्यो के कारखाना हो थाहा छ रु भ्रष्टाचारी जन्माउने कारखाना । ए लुटतन्त्रेहरु, आजै तिमीहरु भागिहाल, कि घरबाटै थुतेर हाम्रा राष्ट्रवादी साथीहरुले कुट्नेछन् । कि देश छोडेर भाग कि राष्ट्रवादी साथिहरुको अगाडि आत्मसमर्पण गर । नत्र खैरियत छैन । सात गतेबाट सडक तताउँ । यिनीहरुको दानापानी बन्द गरौं ।

Leave a Reply