काठमाडौं । बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को खबरदारी सभाको तयारी भइरहेको छ ।
आमसभाका लागि नेता कार्यकर्ता, समर्थकहरू जम्मा हुने क्रम बढेको छ । उनीहरू विभिन्न ब्यानर र नाराअंकित प्लेकार्ड बोकेर कार्यक्रम स्थल पुगेका छन् । बल्खु चोकमा हुने आमसभामालाई अध्यक्ष राजेन्द्र लिङदेन लगायत पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । बागमती प्रदेशस्तरीय वृहत् प्रदर्शन तथा आमसभामा हुनसक्ने सम्भावित घुसपैठका लागि राप्रपाले आफ्नो संयन्त्र र स्वयंसेवक परिचालन भइसकेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

राजसंस्था पुन:स्थापना र हिन्दूराज्यका पक्षमा राप्रपाले प्रदर्शन गर्दै आएको छ । यसअघि दुर्गा प्रसाईंले नेतृत्व गरेको तीनकुनेको राजवादी समर्थकको प्रदर्शन हिंसात्मक बनेपछि आज सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।
सभाका लागि बल्खु पुगेकी राप्रपा केन्द्रीय सदस्य खुस्बु ओलीले आम सर्वसाधारणलाई विद्रोहमा उत्रिन आह्वान गरिन् । उनले कांग्रेस, एमाले र माओवादीमा आबद्धहरूलाई दासभन्दा माथि उठ्न आग्रह समेत गरिन् । ओलीले राप्रपा नेताहरूलाई पक्राउ गरेर थुनेकोमा आपत्ति जनाउँदै कारवाही राष्ट्रवादीहरूलाई होइन अहिलेको दलका नेताहरूमाथि हुनुपर्ने माग राखिन् ।




Leave a Reply