५ हजार मार्ने प्रचण्ड र बाघजस्तो झम्टेऊ भन्ने केपी ओलीलाई कारवाही हुनुपर्छ : खुस्बु ओली

काठमाडौं । राप्रपा केन्द्रीय सदस्य तथा राजसंस्था फर्काउने आन्दोलनकी ‘पब्लिक फेस’ खुस्बु ओलीले आम सर्वसाधारणलाई विद्रोहमा उत्रिन आह्वान गरेकी छन् । उनले कांग्रेस, एमाले र माओवादीमा आबद्धहरूलाई दासभन्दा माथि उठ्न आग्रह समेत गरेकी छन् ।

राप्रपाले मंगलवार काठमाडौंमा आयोजना गरेको जनप्रदर्शनका क्रममा बल्खुमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रवादी नेता कार्यकर्तालाई बोल्न नदिएर देशमा लोकतन्त्र होइन दासहरू मात्र बाँच्न पाउँछन् भन्ने सन्देश दिइएको बताइन् ।

ओलीले राप्रपा नेताहरूलाई पक्राउ गरेर थुनेकोमा आपत्ति जनाउँदै कारबाही राष्ट्रवादीहरूलाई होइन अहिलेको दलका नेताहरूमाथि हुनुपर्ने बताइन् ।

ओलीले भनिन्- ‘५ हजार मैले मारेको हुँ भनेर स्वीकार गर्ने प्रचण्डलाई कारबाही गर्नुपर्छ । राष्ट्रवादीहरूमाथि बाघ बनेर झम्टिन आह्वान गर्ने केपी शर्मा ओलीमाथि कारबाही हुनुपर्छ । बालसेना प्रयोग गरेर हत्या हिंसा मच्चाएको स्वीकार गर्ने बाबुराम भट्टराईमाथि कारबाही हुनुपर्छ ।’

Comments

One response to “५ हजार मार्ने प्रचण्ड र बाघजस्तो झम्टेऊ भन्ने केपी ओलीलाई कारवाही हुनुपर्छ : खुस्बु ओली”

  1. ksp pyl Avatar
    ksp pyl

    ओलिलाई विना आधार र प्रमाण आरोप लगाउने स्वागत नेपाल र खुश्वु ओलिलाई प्रहरीले समातेर, हिरासतमा राखेर मुद्दा दायर गर सरकार । यी अराजकहरूले ओलिलाई जे पनि बोल्ने ? राजावादी र एमसिसिवालाले मलाई भोट नदेउ भन्दै भोट माग्ने स्वागत अहिले ज्ञानेन्द्रको जुत्ता लगाईदिएर नेता हुन हिडेको देखियो । योगदान केवल ओलिको विरोध गर्ने । खुश्वुले पहिला एमालेकै नेताको पछि लागेर लुटिन । अहिले ओलिलाई गाली गर्ने ? यी कसैले परिचालित गरेका भाडाका मान्छे हुन् । यिनको पछि जनता लाग्नु हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *