बालेनले भेटे तीनकुने घटनाका पीडित परिवारलाई, न्यायिक छानबिनको माग

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले तीनकुने घटनाका पीडित परिवारलाई भेटेका छन् ।

तीनकुनेमा घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई भेटेपछि उनले निष्पक्ष छानबिनको माग गरेका छन् ।

बालेनका स्वकीय सचिव भूपदेव शाहका अनुसार बालेनले व्यक्तिले ज्यान गुमाउने कुरा सामान्य नभएको उल्लेख गर्दै यस्ता आपराधिक घटनाको न्यायिक छानबिन हुनुपर्ने बताए ।

‘दोष कुनै पनि पक्षको त्यो तपशीलको कुरा निष्कर्ष न्यायिक छानबिन हुनुपर्छ । तर्क जे भए पनि कोहीले अनाहकमा ज्यान गुमाउनु भएन’, शाहले भेटबारे जानकारी दिँदै सामाजिक सञ्जालमा लेखेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *