वन डढेलो नियन्त्रणमा सबैको चासो हुनुपर्दछ

आज र अहिलेको अवस्थामा मात्र पनि नेपालको विभिन्न वन क्षेत्र भरि झन्डै दुई सय स्थानहरूमा वन डढेलो लागिरहेको छ । काठमाडौंको वायुको गुणस्तर खतराको स्थितिमा छ । वन डढेलो बस्तीमा पस्ने डर छ । वनका रुख बिरुवासँगै जंगली जनावरहरू पनि खतरामा छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सन् २०२४ को फेब्रुअरीमा मात्र ७५ वटा घटना रेकर्ड गरिएका थिए। यीमध्ये केही घटनाहरू समाचारमा रिपोर्ट गरिएका छन् भने हजारौँ घटनाहरू रिपोर्ट गरिएका छैनन् र वैज्ञानिकहरू भन्छन् कि सबैभन्दा खराब घटनाहरू आउन सक्छन्। त्यस्तैगरी, २०२१ मा नेपालले ७५ देशका जिल्लाहरूलाई असर गर्ने ६७९९ वटा डढेलो विपत्तिहरू रेकर्ड गरेको छ। अप्रिल २०२२ मा मात्र ९६० वटा वन आगलागीले ५० घर र रूखहरूलाई क्षति पुर्‍याएको छ। नेपालमा वसन्तकालीन वन आगलागी सामान्यतया मार्च/अप्रिल महिनाको आसपास हुन्छ, जसले वन आगलागी बढाउँछ।

नेपालको वनको अवस्था

नेपालको वनले यसको भूभागको ४४% ओगटेको छ, जसमा तराई क्षेत्रमा लगभग ५.९६ हेक्टर काठ निर्यातबाट आम्दानीको स्रोत हो। यो मात्रामा रहेको बन क्षेत्रमा बढ्दै गएको तापक्रमले सुक्खा र आगोले सजिलै टिप्ने प्रकृतिको वातावरण सिर्जना भएको छ । यो महिना यानि कि अप्रिलमा वनमा मात्र होइन किसानहरूले खेतमा बाँकी रहेका बालीका अवशेषहरू आगोले जलाउँछन्, जसले गर्दा आगलागी को खतरा बढ्दै जान्छ।

यो अहिलेको वर्षको विश्लेषण गर्ने हो भने एकातर्फ प्रि-मनसुनको अवस्थामा औसत अनुसारको वर्षा भएको छैन । तापक्रम अत्यधिक रूपमा बढिरहेको छ । तापक्रममाले तराई क्षेत्रमा अत्यधिक सुक्खा भएको छ । बढेको तापक्रमले वातावरणलाई अत्यधिक तातो बनाएको छ । आगो को सानो झिल्को पनि डढेलोको कारक बनिरहेको छन् । आगोको कारण अन्य बस्ती क्षेत्रमा पनि आगलागीका घटनाहरु घटित भइरहेका छन् । वन डढेलो व्यवस्थापनको लागि सैद्धान्तिक पक्षले मात्र काम गर्दैन तथापि यी सिद्धान्तहरू नै डढेलो व्यवस्थापनका प्रमुख आधार हरू हुन् । यी आधारहरूलाई मानेर कार्य गरेको खण्डमा अधिकाधिक बन डढेलोलाई नियन्त्रण गर्न सकिन्छ :

वन डढेलोको व्यवस्थापनका सिद्धान्तहरू यसप्रकार छन् :

क. सावधानी : सरकारी तथा अन्य सरोकारवालाहरुले डढेलो नियन्त्रणको पहल स्वरूप यो सावधानी अपनाउन सकिन्छ । मूलत: यो सावधानी भनेको सम्बन्धित सरोकारवालाहरूलाई बनको महत्त्व र यसको सुरक्षा सम्बन्धी तालिम, सुचना प्रदान गर्ने तथा विभिन्न तरिकाहरू बताई डढेलो सम्बन्धी सूचना सर्वसाधारणसम्म पुर्‍याउनु हो । सैद्धान्तिक रूपमा यो पहिलो प्रयास हो | यो विधि अपनाएर मानवीय त्रुटिले हुने डढेलोलाई धेरै मात्रामा नियन्त्रण गर्न सकिन्छ ।

ख. तयारी : माथिल्लो पहिलो विधि सावधानी अपनाउँदा अपनाउँदै पनि यदि आगलागी वा डढेलो लागि हालेमा डढेलोसँग जुध्नको लागि तयारी अवस्थामा रहने प्रक्रिया नै तयारी हो । सैद्धान्तिक रूपमा यो दोस्रो स्टेप हो यसमा सम्बन्धित सरोकारवालाहरूलाई श्रोत, सिप र अनुभवको तालिम दिएर यथेष्ट तयारीको अवस्थामा राख्न सक्नुपर्दछ । सरकारी तथा गैर सरकारी क्षेत्र जस्तै सामुदायिक वनको कर्मचारी र सदस्यहरू, वन क्षेत्रको मानिसहरू र कतिपय अवस्थामा सुरक्षा संयन्त्रहरू पनि कुनै वन वा वन क्षेत्रमा आगलागी भैहालेमा निभाउन वा फैलन नदिनको लागि तयारी अवस्थामा राख्न सकेको हुनुपर्दछ ।

यसलाई अझै प्रभावकारी बनाउनको लागि सम्भावित डढेलो लाग्ने क्षेत्रको पहिचान गरी त्यस्तो क्षेत्रमा यथेष्ट रूपमा यन्त्रहरू, र दक्ष जनशक्तिहरू तयार गरी रेसिन भएको क्षेत्र , सम्भावित आगलागी हुने क्षेत्र नजिकमा तयारी गरी राखिरहनु पर्दछ । यसको लागि गाउँ क्षेत्र तथा अगाडि आगलागी भएको वा हुन सक्ने स्थानहरु पहिचान गरी त्यसै क्षेत्रमा राखिरहनु पर्दछ ।

ग. सप्रेसन (निभाउनु ) : यो प्रक्रिया आफैमा नियन्त्रणमा लिनु वा निभाउनु वा धेरै फैलिनु नदिनु हो । जब आगलागी हुन्छ वा डढेलो फैलिन खोजेको हुन्छ त्यतिबेला आगोलाई निभाई थप फैलिनु दिनुहुँदैन । दोस्रो नम्बरमा तयार रहेको जनशक्ति तथा अन्य श्रोतहरूको माध्यम बाट आगोलाई थप फैलिनु दिनुहुँदैन । अथवा निभाउनु पर्दछ अथवा नियन्त्रणमा लिनु पर्दछ । जब कुनै वन क्षेत्रमा आगो लागेको देखियो भने त्यसलाई छिटो भन्दा छिटो नियन्त्रणमा लिनु पर्दछ । यसको लागि पानी, माटो वा कार्बनडाईअक्साइड ग्यासको प्रयोग गर्न सकिन्छ | वनमा उपलब्ध हुने स्याउला हरियो झार जंगलको प्रयोग पनि गर्न सकिन्छ । अन्य मेशिनरी औजारहरू टेपहरू पनि आगो निभाउन प्रयोग गर्न सकिन्छ | तथापि जंगलको वातावरण र अवस्था हेरिकन माटो, पानी वा स्याउला हरूको प्रयोग गर्न सके मा त्यो नै सबै भन्दा उपयुक्त हुन्छ ।

घ. राहत : आगलागी वा डढेलो पश्चात् बन क्षेत्र वा वरिपरिको क्षेत्रमा रहेका तथा आगलागीको कारण क्षति भएकाहरूलाई उपयुक्त तात्कालिक राहत वा क्षतिपूर्ति दिनुपर्ने हुन्छ । वन डढेलो नियन्त्रणको सैद्धान्तिक स्टेपहरुमा यो तेस्रो स्टेप हो । सम्बन्धित क्षति भएकाहरूलाई तत्काल क्षतिपूर्ति र राहत वितरण नै त्यो समयको आवश्यकता हो सोही अनुसार गर्नुपर्दछ ।

ङ. रिकभरी (पुरानो अवस्थामा फर्काउनु) : डढेलो भएको क्षेत्र भनेको वन क्षेत्र हो । वन क्षेत्रमा डढेलो भएपछि उक्त क्षेत्र खालि र उजाड हुन्छ । उजाड क्षेत्रमा पुनरुत्थान गर्नको लागि निश्चित कार्य योजना बनाइ नव निर्माण गर्नुपर्ने हुन्छ । यसरी पुनरुत्थान गरेको वन क्षेत्रलाई व्यवस्थित रूपमा हुर्काउने र पहिलेकै अवस्था मा ल्यैदिनुपर्ने हुन्छ ।

आगलागीले स्थानीय जंगलसँगै स्थानीय वनस्पतिलाई अनि वन क्षेत्रमा भएका जंगली जनावरहरूलाई समग्र रूपमा प्रत्यक्ष असर पारेको हुन्छ । सँगसँगै स्थानीय इकोसिस्टमलाई प्रभाव पारि तत् तत् क्षेत्रको पुनरुत्थान योजना बनाइ त्यहाँबाट विस्थापित भएका जन्तु तथा वनस्पतिलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ । यो नै डढेलोको चक्र हो ।

हाल देशमा तापक्रम बढ्ने क्रममा छ । वन क्षेत्रमा वन डढेलोको क्रम बढिरहेको छ । अघिल्लो अनुभवलाई हेर्ने हो भने दुई तिहाइ भन्दाबढी डढेलोको कारण केवल मानवीय कारण हो भनी प्रमाणित गरेका छन् । त्यस कारण पनि हरेक मानिसले आफ्नो आनीबानीलाई सुधार गरेमा र वन क्षेत्रमा आगोको श्रोतहरू नाफालेमा पनि वन डढेलोबाट हुने ठुलो क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ ।

वन क्षेत्रमा डढेलो लाग्न नै नदिनु पहिलो प्राथमिकता हो । यदि डढेलो लागि नै हालेको खण्डमा समाज टोल बासी मिलेर निभाउनु पर्ने हुन्छ । डढेलो नियन्त्रणको उपाय हरू धेरै छन् :

• सामान्यतया गर्मी याममा गरिने क्याम्प फायर सहित खुला रूपमा आगो बाली मनोरञ्जन गर्ने कार्यलाई सकेसम्म निषेध वा निरुत्साहित गर्नुपर्ने हुन्छ : यदि त्यस्तो गरेको खण्डमा त्यसमा सल्केको आगोलाई निभाई बुझाइ मात्र छोड्नु पर्दछ ।

• ग्रामीण क्षेत्र तथा वन क्षेत्रको नजिक भएका भण्डारण गरी राखेका तमाम प्रज्वलनशील वस्तुहरूलाई आगोबाट वा आगोको श्रोतहरूबाट सकेसम्म टाढा राखौँ ।

• घर आँगनमा आगो बाल्दा चुल्हो बाल्दा न्यूनतम रूपमा आगो वा आगोको श्रोतबाट १० फिट व्यास सर्कल भित्र पातहरू, टुक्राहरू, र घाँसहरू वा तत्काल आगो समात्ने बस्तुहरू लाई हटाऊ ।

• आगलागी भईहालेमा फायर फाइटिङ उपकरणहरू अनि दमकल हरूलाई यथास्थानमा चुस्त दुरुस्त रूपमा नजिकै राखौँ । कहीँ कतै आगलागी वा डढेलो लागेको खण्डमा तत्काल निभाउन जान सक्ने गरी व्यवस्था गरौँ ।

• वन क्षेत्रको व्यवस्थापनमा बीचबीचमा पानी पोखरीहरू निर्माण गरेको खण्डमा अचानक हुने वन डढेलोलाई निवारणमा लिन सहज हुने देखिन्छ त्यसकारण पनि सामुदायिक, सरकारी तथा निजी बन क्षेत्रमा पानी पोखरी निर्माण गरी पानी भरेर राखौँ ।

• यदि वन क्षेत्र अलिक घना छ र भित्र कहीँ कतै आगलागी भएमा नियन्त्रण गर्न गाह्रो जस्तो छ भने अनिवार्य रूपमा वन क्षेत्र भित्र अग्नि रेखा निर्माण गरी उक्त अग्नि रेखालाई सधैँ सफा राखौँ । त्यसले एकातर्फ फैलिएको आगोलाई अर्कोतर्फ फैलिन रोकेर नियन्त्रणमा सहयोग पुर्‍याउँछ ।

• आगोको उपयोगितासँगै जोखिम पनि अत्यधिक रहने गर्दछ त्यसकारण पनि आगो र आगोको श्रोतहरू माथि चनाखो तरिकाले निगरानी गरी कहीँ फैलिन नदिऔँ । साथ साथै केटाकेटीको पहुँच भन्दा बाहिर नै राखौँ ।

• घर बाहिर आगो नबालौँ । बाल्नु नै परे हावा नचलेको समयमा मात्रै बालौँ ।

• आगो बाली सकेपछि उक्त आगोको भुम्रो लाई राम्रो साग पानी वा माटोले छोपेर मात्र छोडौँ ।

• कोही कसैले आगो डढेलो लगाउने उद्देश्यले वन क्षेत्र मा आगो बाली छोडेको भेटिएमा तुरुन्त सुरक्षा संयन्त्र मा खबर गरौँ ।

डढेलो एक प्रकारको विपत्ति हो यसलाई व्यवस्थित तरिकाले व्यवस्थापन गर्ने योजना सहित कार्य गरे मात्र रोक्न र क्षति हुनबाट बचाउन सकिन्छ । अन्यथा डढेलोले तमाम क्षेत्रलाई असर पुर्‍याउन सक्छ । हरेक वन क्षेत्रले आफ्नो क्षेत्रलाई डढेलोबाट बचाउन के कस्तो योजना चाहिन्छ निर्माण गरी कार्यान्वयनमा ल्याउनु पर्दछ । यो एकल पहलबाट नियन्त्रणमा आउने विषय होइन । सामाजिक सहकार्यताबाट मात्र यो बाट हुने क्षतिलाई रोक्न सकिन्छ । अन्यथा डढेलोबाट वन क्षेत्र र बस्ती क्षेत्रलाई जोगाउन सहज हुँदैन । त्यस कारण पनि यो प्रि मनसुन को समयमा हुन सक्ने आगजनी अनि बन डढेलो लाई नियन्त्रण गर्न सकिन्छ ।

वन डढेलो लगाउनु सामाजिक अपराध हो भने निभाउनु सामाजिक दायित्व हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *