काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुका मागबारे छलफल गरेका छन् । सोमबार प्रधानमन्त्री ओलीले अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षामन्त्री विद्या भट्टराई, मुख्य सचिव र सचिवहरुसँग छलफल गरेका छन् ।
नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूसँग संवादमार्फत समस्याको छिटो समाधान खोजिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
केही दिनदेखि देशभरका शिक्षकहरु राजधानीमा भेला भएर विभिन्न माग राखेर आन्दोलन गरिरहेका छन् ।

Leave a Reply