भैरव रिसालसँग अन्तिम भेटको तस्बिर राख्दै प्रधानमन्त्रीले दिए श्रद्धाञ्जली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रज पत्रकार भैरव रिसालको निधनप्रति दुःख व्यक्त व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले रिसालको निधनको खबरले मर्माहत बनाएको उल्लेख गर्दै श्रद्धाञ्जली जनाएका हुन् । साथै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । रिसालको ९७ वर्षको उमेरमा आइतबार निधन भएको थियो ।

ओलीले गत फागुन २१ गते रिसालसँग भएका भेट नै अन्तिम भेट हुन पुगेको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

‘हितैषी मित्र भैरव रिसालसँग गत फागुन २१ गते भेट भएको थियो, त्यही भेट अन्तिम हुन पुग्यो, उहाँको हिजो निधन भएको खबर सुनेर मर्माहत छु, वरिष्ठ पत्रकार दिवंगत भैरव रिसालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, ओलीले लेखेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *