हेटौँडा । टोटनह्याम्पसँग पराजित भएसँगै साउथ ह्याम्पटन इङ्लिस प्रिमियर लिग (इपीएल)को २०२४/०२५ सिजनको पहिलो रेलिगेसनमा पर्ने टोली बनेको छ ।
इपीएल इतिहासमा सात चरणको खेल बाँकी रहँदा लेलिगेसनमा पर्ने खराब रेकर्ड पनि साउथह्याम्पटनले लेखाएको छ । प्रिमियरको इतिहासमा सबैभन्दा खराब प्रदर्शन गरेको इभान जुरिकको टोलीले ‘जित्न बिर्सिएको’ टोलीको रूपमा आफ्नो खराब रेकर्ड कायम गरेको छ ।
साउथह्याम्प्टनले सिजनभरि दुई प्रिमियर लिग खेल मात्र जितेको छ । उसले नोभेम्बरको सुरुमा एभर्टनलाई १-० ले पराजित गरेको थियो भने फेब्रुअरी १ मा इप्सविच टाउनमा २-१ ले जित निकालेको थियो ।
साउथ कोस्ट क्लबले सिजनभरि चार बराबरी मात्र खेलेको छ । उनीहरूले सेप्टेम्बरमा इप्सविच विरुद्धको घरेलु खेल, नोभेम्बर र डिसेम्बरमा क्रमशः ब्राइटन एण्ड होभ एल्बियन र फुलह्याममा बुधवार क्रिस्टल प्यालेससँगको घरेलु खेलमा बराबरीको नतिजा निकालेको थियो ।
यस्तो छ इपीएलको खराब रेकर्ड
इपीएलको इतिहासमा सात खेल बाकी रहँदै रेलिगेसनमा परेको रेकर्ड बनाएको साउथह्याम्पटन अघि अन्य केही क्लबले पनि यस्ता खाले निराशाजनक रेकर्ड राखेका छन् ।
इपीएलको इतिहासमा चारवटा क्लबले खेल सकिन ६ चरण बाकी रहँदै रेलिगेसनको रेकर्ड बनाइसकेका छन् । इस्विच टाउनले सन् १९९४/०९५, डर्वी काउन्टीले २००८/२००९, हडेर्सफिल्डले २०१८/०१९ र सेफ युनाईटेडले २०२१/०२२ सिजनमा ६ खेल अगावै रेलिगेसनमा पर्दै खराब रेकर्ड बनाएको थियो ।
इपीएलमा पाँच टोलीले पाँच खेल अगावै रेलिगेसनमा पर्ने खराब इतिहास बनाएका छन् । यस्तो रेकर्ड बनाउनेमा सन्डरल्याण्ड अगाडि छ । सन्डरल्याण्डले २००२/०३ र २००५/०६ सिजनमा यस्तो रेकर्ड बनाएको थियो । यस्तै फुलहम, लेस्टर सिटी र प्रोस्टमाउथले पनि पाँचौं खेल अगावै रेलिगसनमा पर्ने रेकर्ड बनाएको थियो ।
साउथह्याम्पटनको अर्को पनि बन्न सक्छ खराब रेकर्ड
प्रिमियर लिगमा खराब रेकर्ड बनाएर रेलिगेसनमा परिसकेको साउथह्याम्पटनको लागि अबको खेलमा कुनै अङ्क नआए अर्को खराब रेकर्ड बन्ने सम्भावना समेत रहेको छ ।
उसको लागि प्रिमियर लिगमा सबैभन्दा कम अङ्क बनाउने खराब रेकर्डको सम्भावना पनि कायम छ । साउथह्याम्पन्टनसँग ३१ खेल सकिँदासम्म १० अङ्क मात्र छ । यदि उसले अबको सात खेलसम्म कुनै अङ्क बटुल्न सकेन भने प्रिमियर लिगको इतिहासमा सबैभन्दा कम अङ्कमा समेटिने क्लबको रूपमा दर्ज हुनेछ । हालसम्म यो रेकर्ड डर्वी काउन्टीको नाममा छ । उसले २००८(०९ सिजनमा एक जितमात्र निकालेर ११ अङ्कमा सीमित भएको थियो ।
यो बाहेक साउथह्याम्पटनलाई अर्को खराब रेकर्डले पनि नछाड्न सक्छ । एकै सिजन सबैभन्दा धेरै हारको रेकर्ड बनाउने सम्भावना पनि उसको लागि हुन सक्छ । हालसम्म २५ खेलमा पराजित भैसकेको साउथको लागि बाकी सबै खेलमा पराजित भएमा ३२ खेलमा पराजितको सङ्ख्या पुग्ने छ । यो डर्वी काउन्टीको २९ हारको नतिजा भन्दा धेरै हुनसक्छ ।

Leave a Reply