जागरण अभियान अन्तर्गत सुर्खेतमा एमालेको २६ गते सभा हुने

सुर्खेत । लोकतान्त्रिक गणतन्त्र र संविधानको पक्षमा देशव्यापी जागरण अभियान अन्तर्गत नेकपा (एमाले) सुर्खेतले चैत २६ गते जनजागरणसभा आयोजना गर्ने भएको छ । बिहान ११ बजे वीरेन्द्रनगरको मंगलगढी चोकबाट सुरू भई पिपलचौतारामा सभामा परिणत हुने नेताहरूले बताएका छन् ।

आइतबार पत्रकार सम्मेलन गरेर कार्यक्रमको तयारीबारे जानकारी दिइयो ।

साे कार्यक्रममा सभालाई पार्टीका महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री, यामलाल कंडेल, पार्टीका कर्णाली प्रदेश इञ्चार्ज कमरेड गोरख बोगटीलगायतका नेताहरूले सम्बोधन गर्ने छन् ।

असंवैधानिक गतिविधि बढ्दै गएको भन्दै एमालेले जनतालाई जागरूक बनाउन लागिएको बतायो ।

एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले सबैलाई सक्रिय सहभागिताको लागि आग्रह गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *