राष्ट्र बैंक नेतृत्वविहीन, कार्यवाहक किन तोकिएन ?

काठमाडौं । आजबाट नेपाल राष्ट्र बैंक गभर्नर विहीन भएको छ । महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि राष्ट्र बैंक नेतृत्व विहीन भएको हो । अधिकारीको गत शुक्रवार नै बिदाइ भएको थियो । अर्थ मन्त्रालयले कार्यवाहकको गभर्नर तोकेको छैन ।

अर्थ मन्त्रालयले भने शुक्रवार कार्यवाहक अधिकारीको कार्यकाल सकिएको हिजो शनिवार तथा आज सार्वजनिक बिदा भएर नै कार्यवाहकको नतोकिएको हो । मन्त्रालयका अनुसार मन्त्रिपरिषद्बाट कार्यवाहक गभर्नर जिम्मेवारी दिने व्यवस्था रहेको छ ।

नेपाल राष्ट्र बैंक ऐनको दफा २५ अनुसार गभर्नर नियुक्तिको सार्वजनिक सूचना नेपाल सरकारले बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतया एक महिना अगावै गभर्नरको पदमा यस ऐन बमोजिम नियुक्त गरी सो को सूचना सार्वजनिक रूपमा प्रकाशन तथा प्रसारण व्यवस्था रहेको छ ।

ऐनको दफा २६ अनुसार रिक्त पदको पूर्ति नेपाल सरकारले कुनै गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकको पद कार्यकाल पूरा नहुँदै रिक्त हुन आएमा यस ऐन बमोजिमको प्रक्रिया पूरा गरी सो पदमा बाँकी अवधिको लागि उपयुक्त व्यक्तिलाई नियुक्त गर्ने व्यवस्था रहेको छ ।

नयाँ गभर्नर नियुक्ति सत्ता साझेदार दल नेकपा एमाले र काँग्रेस बिच कुन पार्टीले गभर्नर पाउने भन्ने टुंग्याएको छैन । अर्थमन्त्री समक्ष नयाँ गभर्नरको लागि एमालेबाट २ जना र काँग्रेसबाट ४ जनाको गरी ६ जनाको नाम पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *