राप्रपाको आन्दोलनलाई जगमानको समर्थन, राष्ट्रिय झण्डासहित भाग लिन अपिल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था पुन:स्थापनाका लागि गर्ने आन्दोलनलाई संयुक्त जनआन्दोलन समितिले समर्थन जनाएको छ । समितिका कार्यवाहक संयोजक जगमान गुरुङले एक विज्ञप्ति जारी गर्दै राप्रपाको आन्दोमा सक्रिय सहभागी हुन अपिल समेत गरेका छन् ।

राप्रपाले ‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने मूल नाराका साथ २६ गते काठमाडौंको भृकुटीमण्डमा थनप्रदर्शन तथा आमसभा गर्दैछ । उक्त कार्यक्रमलाई समितिले अपनत्व प्रस्तुत गरेको हो ।

विज्ञप्तिमा गुरुङले राप्रपाको कार्यक्रममा राष्ट्रिय झण्डासहित शान्तिपूर्णरुपमा सक्रिय सहभागिता जनाउन सबै राष्ट्रवादी देशभक्त नागरिकहरूमा आह्वान गरेका छन् ।

समितिले यसअघि दुर्गा प्रसाईंले चैत १५ मा आह्वान गरेको जनप्रदर्शनलाई सघाएको थियो । उक्त आन्दोलनमा राप्रपाको पनि समर्थन र सहभागिता रहेको थियो । राजावादी शक्तिहरुले एक-अर्काको आन्दोलनलाई समर्थन र सहयोग गरे पनि सबै एक ठाउँमा आएर एकीकृत आन्दोलन गर्न भने सकेका छैनन् ।

Comments

2 responses to “राप्रपाको आन्दोलनलाई जगमानको समर्थन, राष्ट्रिय झण्डासहित भाग लिन अपिल”

  1. Mania Thompson Avatar
    Mania Thompson

    Good news.

  2. ksp pyl Avatar
    ksp pyl

    राजाको जुत्ता लगाईदिएर खाउँला भनेर हिडेका ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *