विराटनगर। नेकपा एमाले कोशी प्रदेशले अबको शहरी विकासको नीति कस्तो बनाउने भन्ने बहस थालेको छ ।
नेकपा एमाले सहरी विकास विभागले सहरी विकासको नीति कस्तो बनाउने भनेर सर्वसाधारणको विचार समेत लिँदै आएको छ ।
विभागले सुनसरीको इटहरीमा सहरी विकास नीतिको विषयमा अवधारणा पत्र समेत गरेको छ ।
विभिन्न विषयका विज्ञले सम्बन्धित विषयमा आफ्नो अवधारणा सुनाए । विज्ञको अवधारणाका आधारमा नेता तथा अन्य सहभागीले आफ्नो टिप्पणी राखे।
अबको उपमहानगर कस्तो बनाउन सकिन्छ भन्नेबारे खुलेरै बहस चल्यो । विभागका प्रमुख लोकेश निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा सुनिल नेपालले सहरी विकास बारे स्पष्ट पारे ।
स्थायी कमिटी सदस्य भीम आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा व्यवस्थित सहरका कारण राष्ट्रिय अर्थतन्त्रमा सहयोग पुग्ने बारे मन्थन भयो ।
सहरी पूर्वाधार र सेवाको व्यवस्थापनमा कानुनी अड्चन, बसाइसराइको कार्यकारण सम्बन्ध, अबको सहर लगायत विषयमा चर्चा भएको थियो ।
पर्यावरण, फोहोर व्यवस्थापन, जनस्वास्थ्य, भौतिक विकासमा सहभागीले धारणा राखे ।

Leave a Reply