पूर्वराजालाई महामन्त्री शर्माको चुनौती- ८४ को चुनावमा ‘श्रीपेच चिह्न’ लिएर दुई तिहाइ ल्याएर व्यवस्था बदल्नुहोस्

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावबाट जनमत सावित गरेर चाहे जस्तो व्यवस्था ल्याउन पूर्वराजालाई चुनौती दिएका छन् ।

झापाको मेचीनगर धुलाबारीमा पार्टीले आयोजना गरेको क्षेत्रीय प्रशिक्षण कार्यक्रममा आज उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफूसँग जनता छन् भन्ने लागेको भए २०८४ सालको चुनावमा ‘श्रीपेच चुनाव चिह्न’ लिएर दुई तिहाइ जनमत ल्याएर व्यवस्था बदल्न चुनौती दिए ।

महामन्त्री शर्माले भने, ‘चौरासी सालमा चुनाव हुँदैछ । यदि तपाईंलाई आफूसँग जनता छन् भन्ने लागेको छ भने श्रीपेच चुनाव चिह्नमा मत माग्नुहोस् । दुई तिहाइ ल्याएर जनता आफूसँग भएको देखाउनुहोस्, अनि संविधान संशोधन गरेर चाहेको व्यवस्था गर्नुस्, तर त्यसबाहेकका उपायद्वारा देशलाई अराजकतातिर लिने प्रयास स्वीकार्य हुँदैन ।’

संविधानसभाको पहिलो बैठकले विधिवत रूपमा लोकतान्त्रिक गणतन्त्रको घोषणा गरेको स्मरण गर्दै उनले सडकमा केही समर्थक उतार्दैमा राजावादीले संविधानसभाको निर्णय उल्ट्याउन नसक्ने बताए ।

‘संविधानसभाको निर्णय बदल्ने उपाय भनेको विधिवत ढङ्गले संविधानको संशोधन हो । त्यसो गर्न चुनावमा दुई तिहाइ बहुमत ल्याउनैपर्छ’, महामन्त्री शर्माले भने, ‘हिजो राजाको पालामा जस्तो संविधान संशोधनको अधिकार कसैको हुकुम र हातमा नभएको हेक्का राख्न मेरो चेतावनी छ । सडकमा मान्छे उतार्दै आकाशतिर फर्केर मेरा जनता यति छन् र उति छन् भनेर अनुमान गरेको भरमा जनमत यकिन हुँदैन ।’

उनले नेपाली जनताले कुन वंशको गर्भबाट जन्मेको भन्ने आधारमा नभई कस्तो कर्म गरेको भन्ने आधारमा आफ्ना प्रतिनिधि चुन्ने गरेको धारणा राखे । -रासस

Comments

4 responses to “पूर्वराजालाई महामन्त्री शर्माको चुनौती- ८४ को चुनावमा ‘श्रीपेच चिह्न’ लिएर दुई तिहाइ ल्याएर व्यवस्था बदल्नुहोस्”

  1. Ra Avatar
    Ra

    Lau hai Janta ho

    Yo hanuman lai payle haram 84 ma ani aru baki pachi

  2. Nick Kashyap Avatar
    Nick Kashyap

    यो संबिधान नै नमानेपछी त्यो अबैध चुनावमा भाग किन लिने भाइ? राजतन्त्र हटाउॅदा जनतालाइ नसोधी झालेमाले पाराले हटाएका हौ। तिमी त कृतघ्न बाहुन हौ, तिम्रा पूर्खाले राजाले दिएको बिर्ता खाए तर उनैका कपुत सन्तान तिमीले राजालाइ हटायौ। लज्जाबोध हुदैन ?

  3. Mania Thompson Avatar
    Mania Thompson

    यो मति भ्रष्ट अबैध बाउको पशुबुद्धी लाई के थाहाकी राजा यो जस्तो कुलङ्गारको पनि राजा हो भन्ने कुरा।तँ जस्ता सन्तान जन्मनु भन्दा नजन्मेकै जाती।

  4. Manaia Thompson Avatar
    Manaia Thompson

    यो अबैध बाऊको पशु हुना गार्होले मान्छे रूप लिएर बी पि को नाम भजाएर कांग्रेस रूपी कुलन्घारको गोबर भरिएको टाउको ले सक्छ भने [सक्छ भने मात्रै] अहिलेको कांग्रेस रूपी बिष ब्रिछ्य लाइ मनाएर जनमत गारा न त|मीडियमा आएर फेद नभएको त्यों थुतुनो चलाएर बिहान खाएको पचाउनु भन्दा त|

Leave a Reply

Your email address will not be published. Required fields are marked *