रविबारे स्वर्णिम- दुनियाँकै ठूलो अपराधी जस्तो गरियो, आदेश हेर्दा तानाबाना पहिल्यै बुनिएको देखिन्छ (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेलाई दुनियाँकै ठूलो अपराधी जस्तो गरेर हिजो धरपकड गरेको आरोप लगाएका छन् ।

चितवनमा आयोजित जनयात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले चितवनमा आज हुने कार्यक्रममा बोल्न नदिन नै हिजो राति पक्राउ गरेको दाबी गरे ।

उनले भने, ‘७ बजेतिर फैसला आउने, दुनियाँकै ठूलो अपराधीलाई जस्तो गरी, आकाशै खस्ला जस्तो गरेर धरपकड गरियो, त्यो निन्दनीय छ । हाम्रो पार्टीले १२ बजे सचिवालयको बैठक राखेर त्यसको भर्त्सना गरेको छ । आज रविजीसँग कुरा भएको थियो, हिजो केके न होला जस्तो भनेर ल्याएका थिए, यहाँ दालभात खुवाएर राखेका छन्, आज पनि बिदा, भोलि पनि बिदा त्यसैले चितवनमा बोल्न नदिएन नै सारा राज्य लागेको भन्ने प्रमाणित भएको छ ।’

उनले रवि लामिछानेविरुद्ध हिजो आएको फैसला बहस सकिएको दुई घण्टामा लेखिसक्ने कुनै सम्भावना नभएकाले तानाबाना पहिल्यै बुनिएको देखिएको जिकिर गरे ।

Comments

3 responses to “रविबारे स्वर्णिम- दुनियाँकै ठूलो अपराधी जस्तो गरियो, आदेश हेर्दा तानाबाना पहिल्यै बुनिएको देखिन्छ (भिडिओ)”

  1. Hom Nath Acharya Avatar
    Hom Nath Acharya

    सानाे सानाे पुजिकाे सहकार्यमा जनताले गर्जाे टार्ने गरेका सहकारीको एकमुष्ट ठूलो परिमाणमा कुम्ल्याउने कसुर प्रमाणित नजिकै पुग्दा पनि दुनियाँका ठूलै अपराधी नभए अरू के हुन्छन् त रवी लामिछाने???

  2. ksp pyl Avatar
    ksp pyl

    न्यायालयले थुनामै पठाउन दिएको आदेश चाहिँ शंकास्पद छ ।

  3. ram bhattarai Avatar
    ram bhattarai

    अनि हिजो अस्ति भर्खरै जिल्ला अदालत पोखरा का न्यायाधिशले रबिलाई धरौटीमा छोड्ने आदेश दिदा अघिल्लै दिनको मिति राखेर आदेश लेख्ने अनि त्यसलाई कोरेर अर्को मिति थपेर भोलिपल्ट जारी गर्द चै तानाबाना बुनेको देखियेन तथाकथित बिद्वान ज्यु ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *