तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ, न्यायिक समितिबारे विचार गर्छौँं: प्रधानमन्त्री (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा सरकारले तीनकुने घटनाको निष्पक्ष छानविन गर्ने बताएका छन्। थाइल्यान्डको औपचारिक भ्रमणबाट फर्केपछि विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गदै न्यायिक छानविन हुनपनि सक्ने बताए।

उनले भने, ‘अहिले नै न्यायिक छानविन नभनौं, हुनपनि सक्छ, नहुनपनि सक्छ। सबै कुरामा न्यायिक छानविन नै चाहिन्छ भन्ने पनि छैन। त्यो विचार गर्छौँ।’

चैत १५ गते राजावादीले गरेको प्रदर्शन हिंसात्मक बनेको घटनाको छानविन गर्नको लागि अहिले न्यायिक छानविन समिति गठन गर्न माग भइरहेको बेलामा प्रधानमन्त्रीले यस्तो जवाफ फर्काए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *