काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा अहिले दलहरूको नेतृत्वमा नै राजा-रजौटा प्रवृत्ति हावी भएकाले बरू राजतन्त्रलाई किन नब्युँताउने ? भन्दै भइरहेको बहस हास्यस्पद भएको टिप्पणी गरेका छन्।
उनले मृत राजतन्त्रको पक्षमा वकालत गर्नेहरुले कुतर्क गरिरहेको उनको बुझाइ छ। उनले भनेका छन्, ‘नेपालमा अहिले दलहरूको नेतृत्वमा नै राजा-रजौटा प्रवृत्ति हावी भएकाले बरू पुरानै मृत राजतन्त्रलाई किन नब्युँताउने ? भन्ने हास्यस्पद कुतर्क केही वृत्तमा चल्न थालेको छ।’
उनले ०६१ मा राजा-रजौटा प्रवृत्ति र लोकतन्त्र भन्ने लेख प्रकाशित गरेकै वहाना बनाएर प्रचण्डले पार्टीभित्र गरेको कारवाही स्मरण गरेका छन्।
उनले थपेका छन्, ‘यस्तै कुराको खण्डन गर्दै मैले २०६१ माघ ६ गते (तत्कालीन राजा ज्ञानेन्द्रले प्रम देउवालाई बर्खास्त गरेर सम्पूर्ण सत्ता हातमा लिएको माघ १९ गते भन्दा १३ दिन अगाडि मात्र) राजा-रजौटा प्रवृत्ति र लोकतन्त्र भन्ने लेख प्रकाशित गरेको थिएँ। त्यसैलाई वहाना बनाएर प्रचण्डले हामीलाई तत्कालै माघ १६ गते पार्टीभित्र कार्वाही गरेका थिए। जुन अब इतिहास भैसकेको छ।’
नयाँ पुस्ताले इतिहास ख्याल गर्न आग्रह गरेका छन्।

Leave a Reply