थाइल्यान्डको औपचारिक भ्रमणबाट स्वदेश फर्किए प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँं शिखर सम्मेलनमा भाग लिई आज स्वदेश फर्किएका छन् प्रधानमन्त्री ओली केही बेरअघि विमानस्थल ओर्लिएका हुन्।

उनलाई बैंककस्थित सुवर्णभूमि अन्तरराष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिटसहितले बिदाइ गरे ।

त्यसैगरी थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली र नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्नले पनि प्रधानमन्त्री ओलीलाई बिदाइ गरे ।

थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलो पटक थाइल्यान्डको औपचारिक भ्रमण भएको हो ।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक–विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत छन् ।

प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न देशका प्रमुखहरुसँग भेट गरे। ओलीले थाइल्याण्डको औपचारिक भ्रमण ऐतिहासिक, शिखर सम्मेलन सफल भएको दाबी गरेको छन्।

Comments

One response to “थाइल्यान्डको औपचारिक भ्रमणबाट स्वदेश फर्किए प्रधानमन्त्री”

  1. Manaia Thompson Avatar
    Manaia Thompson

    मोदीको कुन्नि के चातेरा आएछ क्यारे/त्यही भेरा संपूर्ण त्रिप्तिको गिदिको ठाऊ गोबरले भरिएको टाउको हसिलो अणि नेपालीको मासु रगत खाएर पुटुस्स निस्केको दुइटा सिन्कामा आलू राखेको जिउ बोकेर अब नेपालीहरुलाई के उखान बखान गरु भन्दै त्यों हिसी नापरेको जिउ हल्लाऊदे आइपुग्यो यो दुई खुट्टे नेपाली रूपी Hyena. अब फेरी दुइजाना को रगत रा मासु खाने भो एस्ले|

Leave a Reply

Your email address will not be published. Required fields are marked *