रुपन्देही । नवलपरासीको बर्दघाट नगरपालिका–८ का ८४ वर्षीय दलबहादुर गुरुङले २०६५ सालमा एउटा बालिका सडकमा फालिएका फलफूल र खानेकुरा खोजेर खाँदै बसिरहेको देखेका थिए ।
गाउँमा कृषि काम गरेर आफ्नो जीवन चलाएका गुरुङलाई त्यो बालिकाको अवस्था देखेर दया जाग्यो र घरमा लगेर पाल्ने योजना बनाए । ‘५ वर्षको उमेरमै पेट भर्न अरूको फालिएको खाना खानुपर्ने अवस्थाले मेरो मन भरियो,, त्यसैले उनलाई घर लगेर पाल्ने निर्णय गरे।, अहिले उनी पढेर सक्षम भइन् र म पनि बुढो भएँ, अनि उनका आफन्त खोजेर बुझाएँ’ उनले सुनाए ।
‘एक दिन कामको सिलसिलामा हिँड्दै गर्दा सडकमा भौतारिरहेकी ५ वर्षकी सानी नानीले फालिएका खानेकुरा चपाएको देखेर मेरो मन पग्लियो। त्यसैले त्यो बालिकालाई आफ्नै छोरीजस्तै घर लगेर पाल्न थालेँ। आज १९ वर्षपछि उनी आफ्नो खुट्टामा उभिन सक्ने भएकी छन्।’ उनले भने–‘आफ्नोआफ्नो कर्म छोरी बनाएर उपासनालाई उसको आफन्त, परिवारको हातमा सुम्पेको छु ।’
बाटोबाट घर ल्याएर कपाल कोरिदिँदा भुईंभरि जुम्रा झरेको दलबहादुरले बिर्सेका छैनन् । उपासनाको आमा बोल्न नसक्ने (माया कुमाल) र बुबा सानैमा बितेकाले यसरी बाहिर सडकमा खाना खाज्दै हिँड्नुपरेको रहेछ । ’उनीहरूको घरमा खेतबारी पनि थिएन र खाना खर्च पनि नभएकोले मैले यसरी राखेर पालेर पढाएको हो’उनले भने । दलबहादुरले उनलाई नर्सरीमा भर्ना गराए, स्वास्थ्य ख्याल गरे, र कक्षा १२ सम्म पढाएका हुन् ।
अब दलबहादुर वृद्ध भएका छन्। उनले उपासनालाई उसको आमा, भाउजू र स्थानीय प्रतिनिधिहरूको उपस्थितिमा परिवारको जिम्मा सुम्पे। ‘दुःख त लाग्छ, छोरीजस्तै पालेको, तर अब उ आफ्नो खुट्टामा उभिन सक्छिन्,’ उनले आँसु पुछ्दै भने।
बुवासँग छुटेर जान लागेकी उपासनाले पनि गुरुङ परिवार छाड्न मन छैन तर उमेरले पाको भइसकेकी छन् । उनले भनिन्, ‘बुवाले मलाई पाल्नुभो, पढाउनुभो, अब मैले उहाँहरूको रेखदेख गर्नुपर्छ।’ उनी दिनमा एक-दुई पटक दलबहादुरको घर जाने गर्छिन्।
समाजमा अझै पनि मानवता हराएको छैन भन्ने दरिलो उदाहरण बनेका छन् दलबहादुर गुरुङ । जसले अर्काकी ५ बर्षकी छोरीको १९ बर्षसम्म आफ्नै घरमा राखेर पूर्णरुपमा अविभावकत्व ग्रहण गरे । आफ्नै छोरीसरह सगै राखेर पालनपोषण गरे, शिक्षा दीक्षा दिए । गुरुङले बर्दघाट नगरपालिका वडा नम्बर ४ बस्ने अपसना कुमाललाई हुर्काएर १९ बर्षको बनाए । अहिले उपासनालाई वडा प्रतिनिधि र सामाजिक अगुवाहरूको उपस्थितिमा परिवारको जिम्मा लगाएका छन् ।
अत्यन्तै बिपन्न परिवारमा जन्मिएकी उपासनालाई ५ वर्षको उमेरमा सडक बालबालिका झै भौतारिरहेको अवस्थामा गुरुङले पालनपोषणको जिम्मा लिएर घर लगेका थिए ।
उनी सम्झन्छ्न,’२०६५ साल तिरको कुरा हो एउटा बालिका सडक पेटिमा अरुले कुहिएर फालेको फलफुल, खानेकुरा खाएर केवल बाँच्नका लागि बाँचिरहेको, ५ वर्षको उमेरमै पेट भर्न भोगेको पीडा यो सबै देखेर मेरो मन भरियो अनि मैले केही ब्यक्तिहरुको रोहबरमा ती नानिलाई ल्याएर पालनपोषण गरेँ ।’
जिग्रिङ कपाल, मैलो च्यातिएको कपडा अभिभावकको काखमा रमाउने उमेरकी कलिली बालिका बाँच्नकै लागि अरुले फालेका खानेकुरा खादै हिनेको त्यो दृश्यले दलबहादुरको हृदय गाँठो परेर आयो र ती बालिकाको जीवनको सहारा बने उनी । सानैमा उपासनाका बुवा बिते आम (माया कुमाल)बोल्न नसक्ने छ्न । उनलाई सबैले लाटिमाया भनेर चिन्छ्न् । उनको एकजना दाइ छ्न उनले भारतमा मजदुरी गर्दै आएका छन ।
‘संरक्षकतत्व गरेको हुँ ५ वर्षको हुँदा लिएको हुँ, आफूले सकेको सबै सहयोग गरेँ, बुवा नभएको, आमा बौद्धिक अपाङ्ग रहेछिन्, ती नानी सडकमा फालिएका खानेकुरा खाएर बस्ने रहेछिन् । खेतबारी केही नभएको, बुवा आमा नभएको सबै सुनेपछि ल्याएर पालेको हुँ’ उनले भने ‘म पनि बुँढो भएँ, काम गर्न सक्दैन ७९ वर्षको भएँ, सल्लाहले परिवारलाई जिम्मेवारी लगाएको हो ।’
‘बर्दघाट ४ को मुसहर टोलमा घर हो उनको । अब मेरो परिवारको भन्दा आफ्नो आमाको स्यार गर्न भनेर दिएको हो । जसको नासो उसैलाई दिएको हुँ’ गुरुङले सुनाए ‘उनको आमा, भाउजु, पालिकाका सबै प्रतिनिधिलाई राखेर बुझाएको हुँ । केही रकम, कपडाहरु दिएर छाडेको छु, सकेको सहयोग अझै पनि गर्नेछु ।’

आफ्नै छोरीसरह स्वास्थ्योपचार देखि अभिभावकले निर्वाह गर्ने सबै भूमिका उनले निर्वाह गरे । अब आफू पनि वृद्ध भएकाले उनलाई परिवारको जिम्मा लगाएको गुरुङले बताए ।
‘दुःख त लागेको छ नि छोरीजस्तै पालेको अब उसको भविष्य पनि सोच्नुपर्ने छ, हामीलाई हेरेर बसेर नि भएन, अब आफ्नो खुट्टामा उभिनसक्ने भएकी छ, मैले गर्ने कर्तब्य गरेँ, म बाचुन्जेल अझै पनि सक्ने गर्छु’गुरुङले भने । अब नगरपालिका वा कुनै संघ सस्थाले उनलाई जागिर दिए हुन्थ्यो उनको अपेक्षा छ । गुरुङ अहिले आफै ८४ बर्षको भए तर उनलाई अझै पनि आफ्नो उमेरको भन्दा उहि छोरीको चिन्ता छ ।
बाबु (स्व.गोरे कुमाल) को ममता भोग्न र बुझ्न नपाएकी उपासनालाई अहिले बुवालाई छोड्नु पर्दा निकै पीडा भएको छ । उनी अझै पनि दिनमा एक दुई पटक सोही घरमा पुग्ने गरेकी छन् ।“मैले परिवारको जिम्मा लगाएँ यो त बेलुका यहि घरै पो आएछ’ ःउनका कर्म बुवा गुरुङले भावुक मुद्रामा भने ।
आफू आफ्नो खुट्टामा उभिएपछि ती बुवाआमाको पनि रेखदेख गर्ने उपासना बताउँछिन् । ‘यत्रो वर्ष बुवाले मलाई लगेर पाल्नु भो पढाउनु भो,छोड्न त मन छैन मन त दुखेको छ तर पनि मैले केही गर्नुपर्छ उहाँहरुको लागि पनि,यो मेरो कर्तब्य हो’ उनले भनिन् ।
बर्दघाट नगरपालिका वडानम्बर ४ का वडाअध्यक्ष बेदविना तिवारीले वडामा यस्तो पुण्यको काम सुन्न पाउँदा मन प्रफुल्लित भएको बताए । अहिलेको समाजमा मानवताको खडेरी र ब्यक्तिबादी चिन्तन हावी भएको बेलामा यस्तो मानवताको काम उदाहरणीय भएको र समाजमा आफ्ना लागि मात्रै होइन अरुका लागि पनि बाँच्नुपर्छ भन्ने असल उदाहरण भएको वडाअध्यक्ष तिवारीले बताए । उनको आगामी भविष्यका लागि सहयोग गर्नसमेत सहयोगी मनहरुलाई अध्यक्ष तिवारीको आग्रह छ ।

Leave a Reply