काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन प्रमुखले वायु प्रदूषण नियन्त्रणका लागि चार बुँदे अपिल गरेका छन् ।
उनले विभिन्न चार बुँदे अपिलमा प्रदुषण गराउने कार्य नगर्न र नगराउन, खुला क्षेत्रमा आगो नबाल्न, अत्यावश्यकबाहेक बाहिर ननिस्कन र निस्के पनि अनिवार्यरुपमा मास्क प्रयोग गर्न आग्रह गरेका छन् ।
यस्ता छन् उनका चार बुँदे अपिलः
१. वायु प्रदुषण हुने कुनै पनि प्रकारका कार्य नगर्नु÷नगराउनु हुन ।
२. खुला क्षेत्रमा आगो बाल्न निषेध गरिएकोले खुला क्षेत्रमा आगो बाल्ने कार्य नगर्नु÷नगराउनु हुन ।
३. वायु प्रदुषणबाट बच्नको लागि अत्यावश्यक कार्य बाहेक बाहिर ननिस्कनु हुन र निस्कनु परेमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नु हुन ।
४. कसैले खुला क्षेत्रमा आगो बालेको पाइएमा तत्काल महानगरपालिकाको हटलाईन ११३१ मा सम्पर्क गर्नु हुन ।


Leave a Reply