उपमेयरविरुद्ध अभद्र व्यवहार गर्ने कार्यकारी अधिकृतले प्रहरीसमक्ष माफी मागेपछि छुटे

रुपन्देही । उपमेयर रत्नकुमारी पाण्डेविरुद्ध अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका बर्दियाको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यले सार्वजनिक रुपमा माफी मागेपछि उनीविरूद्ध दायर मुद्दा फिर्ता भएको छ । उनी आगामी वैशाख १४ गते उमेर हदका कारण अवकाशमा जाँदैछन् ।

मंगलबार दिउँसो उनले मदिरा सेवन गरेर कार्यालय समयमै उपमेयरको कार्यकक्षमा पुगेर जथाभावी बोलेपछि बुधबार पक्राउ परेका थिए ।

बिहीबार प्रहरी प्रशासन समक्ष मदिराले मातेको बेला गल्ती हुन गएको तथा फेरि यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धतासहित आचार्यले मेयर, उपमेयरसँग माफी मागेपछि उनीविरुद्धको मुद्दा फिर्ता भएपछि छुटेका हुन् ।

आगामी बैशाख १४ गते उमेर हदका कारण अवकाशमा जाँदै गरेकाले मेयर उपमेयरले गल्ती स्वीकार गरे माफी दिइने बताउँदै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बिहीबार प्रमुख प्रशासकीय अधिकृत आचार्यले प्रहरी प्रशासनका समक्ष मेयर, उपमेयरसामु गल्ती भएको भन्दै माफी माग्दै एक पटकलाई क्षमा दिन गरेको आग्रह अनुसार उपमेयर पाण्डेले मुद्दा फिर्ता लिएकी हुन् ।

बिहीबार दिउँसो आफ्नो सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै यसअघि आफूले सामाजिक सञ्जालमा लेखेका कुराहरू गलत भएको भन्दै आफै खण्डन गर्दै माफी मागेका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *