श्रीलंका र बंगलादेशको उदाहरण दिँदै उपेन्द्रको चेतावनी- दुई तिहाइको दम्भ नदेखाउनू (भिडिओ)

काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई श्रीलंका र बंगलादेशकाे उदाहरण दिँदै दुई तिहाइ शक्तिको दम्भ नदेखाउन चेतावनी दिएका छन्।

मधेश केन्द्रित ७ दलीय संघीय लोकतान्त्रिक मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै जनता लागेपछि दुई तिहाइ सरकारको केही नलाग्ने बताए।

उनले भने, ‘प्रतिनिधि सभामा दुई तिहाइको सङ्ख्याले बलियो सरकार छ। तर सङ्ख्याले बलियो हुँदो रहेनछ। बङ्गलादेशमा दुई तिहाइको सरकार कता गयो गयो ? जनताहरू उठेपछि, त्यसै गरी श्रीलंकामा बहुमतको सरकारले भाग्दा कट्टु सम्हाल्न समेत पाएन। सरकार त्यो बलियो हो जसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कार्यान्वयन र रक्षा गर्नसक्छ।’

उनले यो सरकार बनेपछि भ्रष्टाचार नियन्त्रण हुन नसकेकोदेखि देशको आर्थिक सुधार आउन नसकेको बताए।

उनले थपे, ‘संविधान संशोधन गर्छु भनेर आएको प्रधानमन्त्रीले २०८७ मा गर्छु भन्ने, जबकि यो सरकार ०८४ सम्म मात्रै चल्छ। त्यसैले यो सरकार अहिले कमजोर छ। भ्रष्टाचार बढिरहेको छ। लुटतन्त्र र विचौलियातन्त्रले जनतामा आक्रोश छ। यही मौकामा प्रतिगमनकारीहरूले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सिद्ध्याउन खोज्दैछन्।’

Comments

2 responses to “श्रीलंका र बंगलादेशको उदाहरण दिँदै उपेन्द्रको चेतावनी- दुई तिहाइको दम्भ नदेखाउनू (भिडिओ)”

  1. Nagendra Avatar
    Nagendra

    तिमीहरुले जिम्मेवारी बोध गरेर यो भनेको हो या कसको भासा बोलेको हो !!! पहिला यो भन तिमीहरु आफैं भन कत्ति कत्ति पल्ट मन्त्रि, उपप्रधानमन्त्री भएका छौ र के के गरेउ !! तिमीहरु जस्तै जुका र गंगटाहरुले हो यो समस्या ल्याएको जुन अहिले समाधान हुने दिसा मा छ !! मन्त्रि हुने बार्गेनिङ्ग पावर घट्यो, पाउने कुनै गुञ्जायस देखिएन नै यो नाटक !! पहिलो निसाना तिमीहरु : बुझी राख कस कसका भरियाहरु !!!

  2. ksp pyl Avatar
    ksp pyl

    दक्षिणको खुट्टा मोलेर खाउँला भनेर हिडेका दलालहरूले बोलेको कुरामा के कमेण्ट गर्नु खै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *