प्रशासकीय अधिकृतको कार्यकक्षको ताला फुटाउने प्रयास, नगरप्रहरीको हस्तक्षेप (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्ष प्रवेश गराउने क्रममा तनाव सिर्जना भएको छ । कर्मचारी र जनप्रतिनिधिले कार्यकक्षमा लगाइएको ताला फुटाउने प्रयास गर्दा नगर प्रहरीले हस्तक्षेप गरेका छन् ।

ताला फुटाउने काम भइराख्दा नगर प्रहरी प्रमुख राजु पाण्डेसहितको ठूलो जत्थाले हस्तक्षेप गरेको हो । उनीहरुले कर्मचारीलाई निस्किन चेतावनी दिएका छन् । सञ्चारकर्मीलाई पनि निकाल्ने प्रइास गरिरहेका छन् ।

ताला फुटाउने क्रममा कार्यकक्षको ढोकाको सिसा फुटेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *