काठ्माडाैं। अमित अग्रहरिको निर्माण र विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘आउटलः दफा २१९’ हिन्दी भाषामा रिलिज हुने भएको छ । हिन्दी भाषामा रिलिज हुने भएसंगै चलचित्रको हिन्दी ट्रेलर पनि सार्वजनिक भएको छ ।
चलचित्रका निर्माता अग्रहरिलका अनुसार चलचित्र हिन्दी भाषामा डब गरिएको छ भने चलचित्र हलमा रिलिज हुने वा ओटीटीबाट रिलिज गर्ने भन्ने विषयमा सल्लाह भइरहेको छ। चलचित्रको हिन्दी भर्सनमा दक्षिण भारतीय चलचित्र ‘केजीएफ’मा आवाज दिएका कलाकारहरुले स्वर भरेका छन् ।
चलचित्रमा सुशील श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी लगायतका कलाकारहरुको अभिनय छ । यो चलचित्र नेपाली भाषामा फाल्गुन २९ गते रिलिज भएको थियो। एक्सन जनरामा निर्माण भएको यो चलचित्र अझै पनि हलमा चलिरहेको छ ।
साहिल खानको सम्पादन रहेको यो चलचित्रमा चुल्ठे काजीको एक्सन र नविन गुरुङको डीओपी छ ।

Leave a Reply