काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा आगजनी, तोडफोड गरेको आरोपमा संलग्न थप ७ जनालाई पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रुपन्देही देबदह न.पा. ९ घर भएका ४७ वर्षीय प्रेम थापा मगर, झापा गौरादह न. पा. १ गौरादहका २१ वर्षीय समिर मगर, रामेछाप सुनापति गा.पा. १ का २२ वर्षीय सुरेश गौतम, ताप्लेजुङ फुलुङ न. पा. ३ का २३ वर्षीय सुशिल बराल, नुवाकोट बेलकोटगढि न.पा. ७ का २७ वर्षीय रमेश राई, अछाम पंचदेवल न.पा.का वर्षीय २० गोकर्ण शाही, संखुवासभा पाँचखपन न.पा. २ घर भइ काठमाडौं कागेश्वरी मनोहरा न.पा. ९ बस्ने ३९ वर्षीय मुकुन्द दहाल रहेका छन् ।
उनीहरुमाथि सुरक्षाकर्मीहरुलाई ढुङगा, लाठी, फलामका रड, घरेलु हतियार समेतले प्रहार गरी सुरक्षाकर्मीको हातहतियार समेत खोसी सुरक्षाकर्मीहरुलाई घाइते बनाई, सर्वसाधारण मानिसहरुको घर, निजी सम्पत्ति, संचार गृहहरु रहेको भवन, विभिन्न राजनैतिक दलहरुको कार्यालय तथा नेताको निजी निवास, अस्पताल, प्रहरी कार्यालयहरु, व्यापारीक केन्द्र, नेपाल आयल निगमको अति संवेदनशील/अति प्रज्वलनशील पदार्थ ईन्धन भण्डारण रहेको स्थल, नागरिक उड्यन प्राधिकरणको कार्यालय र अन्तराष्ट्रिय विमानस्थलको बाहिरी कम्पाउण्डमा समेतमा तोडफोड, आगजनी गरेको आरोप छ ।
उनीहरुमाथि राज्यविरुद्धको कसूर र संगठित अपराध सम्बन्धी कसूरमा मुद्दा चलाई काठमाडौं जिल्ला अदालतबाट दिन ७ (सात) को मिलान म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको काठमाडौं जिल्ला परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक अपील राज बोहराले जानकारी दिए ।


Leave a Reply