महजोडीको राष्ट्रपतिसँग आग्रह: देश बन्दैछ तर नेताहरुलाई सुधार्न घचघच्याउनुपर्‍यो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले भेटेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गराउन सुशासन, चुस्त सेवाप्रवाह र भ्रष्टाचार अन्त्यका लागि अभिभावकका हैसियतले राजनीतिक दलका नेताहरुलाई घचघच्याउन आग्रह गरेका छन् ।

भेटपछि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति जनताको विश्वास कायमै रहेको बताए । तर, राजनीतिक दलका नेताहरुको गलत क्रियाकलापप्रति जनताको असन्तुष्टि रहेको हुनाले राजनीतिक नेतृत्वलाई राष्ट्रपतिज्यूले सुधारका लागि घचघच्याउन आफूहरुले सुझाव दिएको जानकारी दिए ।

देश बिग्रेको होइन, बनिरहेको छ तर सुशासन पटक्कै भएन, विचौलीयाले जनतालाई मारमा पारे । राष्ट्रपतिज्यूले यसमा सम्बद्ध सबैलाई घचघच्याइ दिनुपरयो’, आफूहरुले राष्ट्रपतिसँग गरेको आग्रह उदधृत गर्दै उनीहरुले भने ।

उनीहरुले आफूहरुले राष्ट्रपतिसँग अरुलाई कसैलाई मन पराएका होइनन्, लोकतन्त्र भित्रै सुधार हुनुपरयो भन्ने जनताको असन्तुष्टि हो, त्यसैले यसभित्रै सुधारका लागि पहल गर्न आवश्यक छ भनेको जानकारी दिए ।

Comments

One response to “महजोडीको राष्ट्रपतिसँग आग्रह: देश बन्दैछ तर नेताहरुलाई सुधार्न घचघच्याउनुपर्‍यो”

  1. ksp pyl Avatar
    ksp pyl

    नेताहरूलाई सुधार्न भनेर सबै नेतालाई एउटै डालोमा हालेर तिमीहरूले भनेबाट नै प्रमाणित हुन्छ कि तिमीहरू पनि विदेशीका दलाल भनेर । ओलिलाई अरू नेताको कोटामा राख्ने तिमीहरूको सोच नै दलाली सोच हो । समृद्वि र स्वाभिमानका नायक ओलिलाई एउटै कोटीमा राख्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *