प्रचण्डको दिक्दारी- ज्ञानेन्द्र के बुद्धि भएका मान्छे होलान्, त्यस्तालाई कमाण्डर बनाउने (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली बयलगाढावाला सिद्धान्तको मान्छे भएकाले गणतन्त्रको रक्षा गर्न सम्भव नभएको बताएका छन् ।

अनेमसंघ क्रान्तिकारी लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी माओवादी केन्द्रकै भएकाले अभियान छाडेर काठमाडौंमा कार्यक्रम गरेको बताए ।

उनले समाजवादी मोर्चाले चैत १५ गते करिब एक लाख जनता सडकमा उतारेपछि पुरै संसारले आश्चर्य मानेर हेरेको बताए ।

उनले माओवादीसहित मोर्चाले एक लाख जनता सडकमा उतार्दा पनि अनुशासित र संयमित भएर भव्य कार्यक्रम गरेकोप्रति पनि धेरैले आश्चर्य मानेको बताए ।

उनले भने, ‘त्यही दिन राजावादीहरुले पनि हाम्रो कार्यक्रमसँग जुधाएका थिए । ज्ञानेन्द्र शाहकै प्रत्यक्ष संलग्नतामा। ज्ञानेन्द्रलाई मनपर्ने मान्छे, जसलाई आन्दोलन र त्यो दिनको कमाण्डर बनाए, दुर्गा प्रसाईं एउटा हावा हो भन्ने सबैलाई थाहा छ । उसलाई त के भन्नु छ र ज्ञानेन्द्रको बुद्धि के के बुद्धि भएको मान्छे होला। त्यस्तालाई बनाउन हुन्छ कमाण्डर ? अनि जे हुनुथियो त्यही भयो। हत्या, हिंसा लुटपाट, तोडफोड जनताले पनि देखें ।’

उनले १५ गतेको कार्यक्रमपछि दुर्गा प्रसाईं नभइ ज्ञानेन्द्र नांगेझार भएको टिप्पणी गरे। ज्ञानेन्द्रको यस्तै बुद्धि भएर दरबार हत्याकाण्ड, मुर्ति चोरीलगायतको घटना भएका तर्क गरे। उनले विदेशीले पैसा पठाइदिएको भरमा राजतन्त्र फर्काउँछु भन्दै भन्ने षड्यन्त्र सफल नहुने बताए ।

 

Comments

2 responses to “प्रचण्डको दिक्दारी- ज्ञानेन्द्र के बुद्धि भएका मान्छे होलान्, त्यस्तालाई कमाण्डर बनाउने (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    दुर्गेजस्तोलाई के कमाण्डर बनाएको होला ज्ञानेन्द्रले भनेर प्रचण्डले भन्न खोजेको के ? कमाण्डर अलि राम्रो मान्छे बनाएर गर्नुपर्ने भने जसरी सल्लाह दिएको देखियो प्रचण्डले ।ज्ञानेन्द्रे र प्रचण्ड एउटै ड्याङ्गका मूला हुन् ।दुवै अतिवादी ।

  2. Nick Kashyap Avatar
    Nick Kashyap

    नांगेझार तिमी छौ प्रचण्ड!! १७००० मान्छे को हत्याको जिम्मेवार तिमी हौ। तिनकुने घटनामा तिमी जस्ता गणतन्त्रबादी को मुख्य जिम्मेवारी छ, बन्दुक सत्ता सबै तिमेरूको दमन गर्ने तिमेरू अनि दोष चाही अरूको? जनता लाटो छैनन्, तिमीलाइ र कांग्रेस एमालोलाइ न्यायीक कठघरामा उभ्याउनै बॅाकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *