‘ज्ञानेन्द्र शाह परिवारमात्र नभई नेपालीकै लागि बैगुनी’

विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चैत १५ गते तीनकुनेमा भएको अराजकताको मुख्य योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएको दाबी गरेका छन् ।

नेकपा एमालेले सुनसरीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहको उक्साहटमा तीनकुनेमा अराजकता मच्चिएको बताए ।

उनले भने पुर्व राजाको उक्साहाटमा पूर्वराजावादीहरुको अराजक समुहले काठमाडौं तीनकुने, कोटेश्वर र जडिवुटी लगायतका क्षेत्रमा देखाएको उदण्डता, अराजकता र हिंसा मच्चाए ।

अहिलेको अराजकताको कारक पूर्वराजा ज्ञानेन्द्र शाहनै भएको आरोप लगाउदै पोखरेलले यसको सम्पूर्ण जिम्मेवारी पूर्वराजाले लिनुपर्ने बताए ।

पूर्वराजाले गत फागुन ७ गतेनै संबिधानको खिलापमा आव्हान गरेर चैत्र १५ गते बिध्वंश मच्चाएको आरोप लगाए ।

दुर्गा प्रसाइले मच्चाएको उदण्ड क्रियाकलापको भागिदार प्रसाई पनि हुने बताउदै पोखरेलले उनलाई उचाल्ने काम पनि पूर्वराजाले गरेको दाबी गरे ।

चैत्र १५ गतेको घटनाको बिषयमा पूर्वराजाको धारणा अहिलेसम्म नआएको उल्लेख गर्दै पोखरेलले आधिकारीक धारणा जनता माझ स्पष्ट पार्न आग्रह समेत गरे ।

पूर्वराजा आफ्नै परिवारको निम्ति मात्र नभएर सबै नेपालीका लागि बैगुनी मान्छे रहेको पोखरेलको टिप्पणी थियो ।

Comments

One response to “‘ज्ञानेन्द्र शाह परिवारमात्र नभई नेपालीकै लागि बैगुनी’”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    कसरी थाहा भयो तॅलाइ, बिना प्रमाण एकोहोरो आरोप लगाउन बन्द गर्। खड्गे को चम्चा!! खड्गे र लेखक ले राजीनामा दिनुपर्छ असहिष्णुता देखाएकोमा, राजनैतिक बिरोधीलाइ मार्न खोजेकोमा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *