स्टाटस गायब भएपछि भीमार्जुनको टिप्पणी- लोकतन्त्रको कार्यान्वयन सुरु भएको जस्तो छ

काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले राजावादी आन्दोलनका सन्दर्भमा राष्ट्रिय मानवअधिकार आयोगमाथि प्रश्न उठाएर लेखेको एउटा स्टाटस फेसबुकबाटै केहीबेरमा ‘गायब’ भएको छ ।

उनले सरकारले राज्य आतंक मच्चाउँदा मिडिया, नागरिक समाजदेखि मानवअधिकार आयोगसम्म नराम्ररी चुकेको टिप्पणी गरेका थिए ।

तर, आफ्नो स्टाटस अहिले टाइमलाइनमा नदेख्दा आचार्य अचम्ममा परेका छन् । उनले नेपाल प्रेससँग भने, ‘प्राविधिक कारण हो वा राजनीतिक मलाई थाहा छैन । मेरो स्टाटस अहिले देखिँदैन ।’

आचार्यको फेसबुक भेरिफाइड छैन । उनले अर्को स्टाटस लेख्दै ‘लोकतन्त्रको कार्यान्वयन सुरु भएको आशंका’ गरेका छन् ।
आचार्यले लेखेका छन्: मेरो भर्खरैको स्टाटस फेसबुकमा सीन छैन । लोकतन्त्रको कार्यान्वयन सुरु भए जस्तो छ ।’

आचार्यको गायब भएको स्टाटस यस्तो थियो :

राजावादी भन्दा भिन्न बन्ने होडमा निहत्था नागरिक सविन, सुरेश र आन्दोलन मै सहभागी नभएका दुई दाजु बहिनी दिनेश र रेबिका माथिको राज्य आतंकमा यस पटक हामी मिडिया, नागरिक समाज र “जीउँदा मान्छे” भन्ने सबै नराम्रोसँग चुक्यौँ। राष्ट्रिय मानव अधिकार आयोग त अब रहनु नरहनुको कुनै अर्थ र औचित्य बाँकी रहेन। एक पटक निष्पक्ष छानबिन गर् सरकार त भनौँ !

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *