माधव नेपालको दाबी- ज्ञानेन्द्र शाह नेपालका ठूला व्यापारी, राजा बन्ने गुण छैन (भिडिओ)

विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजावादीको आन्दोलन ‘ग्रान्ड डिजाइन’ अनुसार भएको जिकिर गरेका छन् । उनले कहाँबाट डिजाइन भयो भन्ने चाहीँ बताएनन् ।

विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपालले ज्ञानेन्द्र शाह नेपालका ठूला व्यापारीमध्ये एक भएको बताए ।

उनले भने, ‘उहाँ नेपालका व्यापारीमध्ये ठूला व्यापारी हुनुहुन्छ, अरू होइन । राजा भनेको त्याग, तपस्या र बलिदान गरेर आउने आदर्श व्यक्ति हुनुपर्छ । कुनै महात्मा वा साधु हुनुपर्छ ।’

पूर्वराजा ज्ञानेन्द्र शाहमा राजामा हुने कुनै गुण नभएको टिप्पणी गर्दै नेपालले राजतन्त्रको वंशाणुगत शासन प्रणालीको आलोचना गरे ।

‘किन चाहियो रगतको शासन ? जनताको मनको शासनलाई नमान्ने, जनताको चेतनामा विश्वास नगर्ने राजा हुन सक्दैनन् । यस्ता सोचले नयाँ हिटलर जन्माउन सक्छ’, उनले भने, ‘संसार दास युग वा सामन्ती युगमा फर्कन सक्दैन । अब पुँजीवादी युगमा पनि बस्ने होइन । समाजवादी युगमा जाने हो ।’

कुनै पनि गाउँको हुलडबाजले मान्छे जम्मा पारेर आन्दोलन गर्नुलाई लोकप्रियता मान्न नसकिने भन्दै उनले राजतन्त्रको पुनर्स्थापनाको सम्भावना नरहेको ठोकुवा गरे ।

Comments

One response to “माधव नेपालको दाबी- ज्ञानेन्द्र शाह नेपालका ठूला व्यापारी, राजा बन्ने गुण छैन (भिडिओ)”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    तिमी लोभीमा पनि नेता बन्ने गुण छैन। अहिलेसम्म तिम्रो घरखर्च कसरी चलाएका छौ, पार्टी कसरी चलाएका छौ, तिम्रा डोनरहरू को को हुन्? नेता बन्न पनि लोकसेवा आयोग को झै परिक्षा गर्नु पर्छ अब।

Leave a Reply

Your email address will not be published. Required fields are marked *