रमादानको अवसरमा यूएईले १६६ नेपाली कैदीलाई दियो माफी

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले १६६ नेपाली कैदीहरूलाई माफी दिएको छ ।

रमादानको अवसरमा यस्तो माफी दिइएको परराष्ट्र मन्त्रालयले बताएको छ ।

मन्त्रालयले दुई देशको सम्बन्धलाई झल्काउने खालका माफीका कार्यक्रमलाई उच्च सम्मान गर्ने बताएको छ ।

मन्त्रालयले आवुधाबीमा रहेको नेपाली दूतावासको आग्रह अनुसार यूएईले माफी दिइएको भन्दै धन्यवाद पत्र सार्वजनिक गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *