राजावादी आपराधिक मानसिकता भएका मान्छे हुन् भन्ने पुष्टि भयो : माओवादी अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादी आपराधिक मानसिकता भएका मान्छे पुष्टि भएको बताएका छन् ।नवनिर्वाचित प्रेस सेन्टर नेपालका पदाधिकारीलाई बधाई दिँदै मङ्गलवार बिहान निजी निवास खुमलटारमा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले अभियान चलाइरहेका बेला प्रतिगमनकारीले टाउको उठाउने र वितण्डामा मच्चाउन खोजेपछि आफूहरुले गणतन्त्रको पक्षमा काठमाडौंमा विशाल जनप्रदर्शन गरेको बताए । तर, आफूहरूको जनप्रदर्शनलाई लक्षित गरेर राजवादीले जनप्रदर्शनका नाममा वितण्डा मच्चाएर आफूहरूलाई अपराधी पुष्टि गरेको बताए ।

उनले भने, ‘हाम्रो पार्टी अभियानमा हुँदा प्रतिगमनले टाउको उठाउने र वितण्डा मच्चाउने समस्या देखियो । त्यसपछि हामीले तुरुन्तै केहि पहल कदमी नलिने हो भने दुर्घटनामा जाने अवस्था देखेपछि अभियानलाई थाती राखेर काठमाडौं केन्द्रित विशाल जनसभा काठमाडौंमा गर्‍यौ । प्रतिगामीले वितण्डा मच्चाएपछि एक जना श्रमजीवी पत्रकार र एक जना श्रमजीवी नागरिक गरेर २ जनाको हत्या गरे । यसले माओवादी केन्द्र गणतन्त्रको पक्षमा दृढतापूर्वक उभिने र नेतृत्व गर्ने शक्ति भएको र राजावादी आपराधिक मानसिकतामा मान्छे हुन भन्ने पुष्टि भएको छ ।’

अध्यक्ष प्रचण्डले नेपालको इतिहासमा पहिलो पटक आफूहरूले हुलाकी मार्ग केन्द्रित तराई मधेश जागरण अभियान सञ्चालन गरेको र उक्त अभियानमा हजारौँ र लाखौँ नागरिकसँग भेटघाट संवाद हुनुका साथै पार्टी प्रवेशको लहर नै चलेको बताएका छन् ।

यसैबिच नेकपा (माओवादी केन्द्र)ले काठमाडौं उपत्यकामा नेवार समुदायको विशाल प्रदर्शन गर्ने तयारी गरेको पनि अध्यक्ष प्रचण्डले जानकारी गराएका छन् । भर्खरै मात्रै माओवादीकै नेतृत्वमा समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा विशाल जनप्रदर्शन गरे लगत्तै नेवार समुदायको विशाल जनप्रदर्शन गर्ने तयारी भइरहेको भन्दै त्यसको महत्वलाई पनि राम्रोसँग सञ्चार माध्यमबाट स्थापित गर्न अनुरोध गरेका छन् ।

उनले भने, ‘अब हामी सोच्दै छौ कि छिट्टै अर्को एउटा कार्यक्रम काडमाडौंमा यहाँका सबै आदिवासी जनजाति, मुख्य त नेवार समुदायको विशाल प्रदर्शन जरुरी छ भन्ने ठानेका छौ र त्यसको तयारी हामीले सुरु गरिसकेका छौ । तपाइहरूले त्यसको महत्वलाई पनि राम्रोसँग सञ्चारका माध्यमबाट स्थापित गर्नुपर्नेछ ।’

अध्यक्ष प्रचण्डले आदिवासी जनजाति र सांस्कृतिक पहिचानको परम्परा बोकेको समुदाय भएकाले उक्त प्रदर्शनले दिने सन्देश एकदमै शक्तिशाली हुने अपेक्षा गरिएको बताए । उनले भने, ‘उपत्यकाका आदिवासी जनजाति र एउटा लामो सांस्कृतिक र ऐतिहासिक पहिचानको परम्परा बोकेको समुदाय सडकमा आउँदा त्यसले दिने सन्देश अर्को शक्तिशाली बन्छ भन्ने हामीले ठानेका छौ ।’

Comments

One response to “राजावादी आपराधिक मानसिकता भएका मान्छे हुन् भन्ने पुष्टि भयो : माओवादी अध्यक्ष प्रचण्ड”

  1. Manaia Thompson Avatar
    Manaia Thompson

    यो ब्वासो भन्न पानी नसुहाउने हाईना कालो गोमं, अमेरिकी दलाल नरकको द्वारपाल|ए सर्पो, तैले कती मान्छे मारिस भन्न पहिले

Leave a Reply

Your email address will not be published. Required fields are marked *