पूर्वराजामाथि कारबाही गर्न बाबुराम भट्टराईको सरकारलाई सुझाव

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले शुक्रबारको घटना पूर्वराजा ज्ञानेन्द्र शाहकै निर्देशनमा भएको भन्दै दलहरुले एक भएर आवश्यक कारबाही अगाडि बढाउनुपर्ने बताएका छन् ।

गणतन्त्र पक्षधर दलहरुको सिंहदरबारमा बसेको बैठकमा आफ्नो धारणा सुरुमै राखेर बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

आफूहरु उदार भएर पूर्वराजा ज्ञानेन्द्र शाहलाई अहिलेसम्म पनि शाहले आफूलाई राजाकै रुपमा प्रस्तुत गरेको भट्टराईले टिप्पणी गरे ।

उनले सरकारलाई २ वटा सुझाव दिएको बताए । संविधानमार्फत नै राजसंस्थालाई उन्मुलन गरिएको र दलहरु उद्दार भएर शाहलाई देशमा नै शान्तिपूर्ण रुपमा रहने अवस्था सिर्जना गरिएको उल्लेख गरे ।

‘तर उनले आफूलाई राजा नै ठानेर त्यही रुपमा वक्तव्य दिने, सम्बोधन गर्ने कार्य सीधै ठगी धन्दा हो’, उनले आफ्नै उदाहरण दिँदै भने, ‘म पनि पूर्वप्रधानमन्त्री हुँ तर मैले पनि बहालवाला प्रधानमन्त्री भन्दै तपाईंहरुलाई ठग्दै लाभ लिँदै हिँडे भनेँ के हुन्छ ? मलाई कानूनले त कारबाही गर्छ । त्यसकारण उनलाई पनि कानूनी दायरामा ल्याएर कारबाही गरिनुपर्छ भन्ने सुझाव दिएको छुु ।’

त्यस्तै, उनले चैत १५ मा भएको राजावादीहरुको प्रदर्शनले निम्त्याएको हिंसात्मक परिणामबारे पनि आवश्यक छानबिन गरेर कानूनअनुसार कारबाही गरिनुपर्ने सुुझाव दिइएको बताए ।

त्यस्तै, संघीय लोकतान्त्रिक दल तथा गणतन्त्रका लागि दलहरुबीच एकता कायम हुनुपर्ने सुझाव दिएको उनले बताए ।

 

Comments

4 responses to “पूर्वराजामाथि कारबाही गर्न बाबुराम भट्टराईको सरकारलाई सुझाव”

  1. पिताम्बर दाहाल! Avatar
    पिताम्बर दाहाल!

    good

  2. ram bhattarai Avatar
    ram bhattarai

    गाणतन्त्रका गनगनेहरु बहुलाई सके !

  3. Sujit Thakur Avatar
    Sujit Thakur

    Timiharu chor Lai garnu parchha karbahi bujhayo hamro rajako barema khi vaane hoena our king is our pride

  4. Nick Kashyap Avatar
    Nick Kashyap

    तिमीहरू आतंककारीलाइ पनि जनहत्या गरेबापत जेल संजाय हुनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *