कोटेश्वरको भाटभटेनीमा लुटपाट गर्ने ७ जना पक्राउ

काठमाडौं । राजावादीहरुको प्रदर्शनको क्रममा काटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार नुवाकोट विदुर गाउँपालिका- ६ घर भई हाल कोटेश्वर बस्ने ४३ वर्षीया सुशीला कुमाल, धरान घर भई हाल कोटेश्वर बस्ने ४१ वर्षीया एलिसा राई र कोटेश्वर बस्ने ७० वर्षीया बालकुमारी कार्कीलाई पक्राउ गरिएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

वृत्तका अनुसार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका- ८ घर भई कोटेश्वर बस्ने ३७ वर्षीया निर्मला कार्की, सिन्धुलीको लामुनटार गाउँपालिका- ७ बस्ने १५ वर्षीया चित्रमाया बस्नेत र सिन्धुलीकै तीनपाटन गाउँपालिका- १६ १७ वर्षीया सुस्मिता बराललगायतलाई कोटेश्वर नरेफाँटबाट पक्राउ गरिएको छ ।

Comments

3 responses to “कोटेश्वरको भाटभटेनीमा लुटपाट गर्ने ७ जना पक्राउ”

  1. ksp pyl Avatar
    ksp pyl

    हेर बेईज्जत । केटाहरू र काका चाहिँ खोइ त ? लगेको सबै र क्षतिपुर्ति पनि तिर्नुपर्छ अब ।

  2. Upendra makhim Avatar
    Upendra makhim

    यस्ता अराजक गति विधि गर्ने राजाबादी को आन्दोलन कारी हरु लाई कारबाही गर्नु पर्छ र तिराउनु पर्छ बिगो सहित।राजाबादी हरु सन्जाल मा पनि मुख मात्र छोड्दै बहस गर्ने शैली का हुन्छन त साच्चै नै राजतन्त्र आएछ भने हामी नेपाल मा बसि नसक्नु ननाउने रहेछ राजतन्त्र को शासन मा।

  3. KB Gurung Avatar
    KB Gurung

    kunai pani andolan ma sajjan manxe haru matrai navai bemani bhoot pichash haru pani jane garrxan ani arajak failauxan…harek andolan ma testai hunxa…next time ko andolan ma sabai le hosh puryaunu..

Leave a Reply

Your email address will not be published. Required fields are marked *